११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

राजनीति

एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय २७ पुग्यो

न्यूजमधेश डेस्क काठमाडौं ,७ मंसिर । नेकपा एमालेले आसन्न महाधिवेशनका प्रतिनिधिको संख्या बढाएको छ । मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले १०३ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको हो । यससँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २ हजार ३ सय २७ पुग्ने पुगेको छ । यसअघि एमालेले १ हजार ९ सय […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,७ मंसिर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउनुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताउनुभयो । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ मङ्सिर। नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । […]

राजविराज, २६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुख्य्रौली राज्य कायमै रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजा स्थित बिहीवार आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् । राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले मधेशको मिसनलाई कमिसनमा बदलिएको बताएका छन् । लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले […]

सन्तोष साह काठमाडौं ,२२ कार्तिक। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (इ–भोटिङ मेसिन) प्रयोग हुनेछ । महाधिवेशनमा एकदिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ । १०औं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी एकै दिनमा मतदान र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनुभएको छ । एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा. राउतले बताएका हुन् । आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ […]