१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

पर्सामा विभिन्न् पार्टीका सयौं नेता कार्यकर्ताहरु जनमतमा प्रवेश

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ माघ । मधेश प्रदेशको पर्सा जिल्लामा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन । मंगलबार वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फूलमाला र […]

न्यूजमधेश डेस्क काठमाडौं,२३ माघ ।नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गर्नुभएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो । चौधरीले जिल्ला […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२२ माघ । मधेस प्रदेशका पालिकमा किसानका लागि कृषि मिटर निःशुल्क गर्ने प्रक्रिया कार्यान्वयनमा ल्याइएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले निःशुल्क कृषि मिटरबारेमा मन्त्रालयका सचिव डा.नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरसँग आइतबार छलफल गरेर सो प्रक्रिया अगाडि बढाएको मन्त्रीको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० माघ । कार्यभार सम्हालेको तीन साता बितिसक्दा पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकारी निवासमा सरेका छैनन् । निवास रङ्गरोगनको काम सम्पन्न नभएकोले नियुक्त भएको तीन सातासम्म पनि मुख्यमन्त्री यादव सरकारी निवासमा सर्न पाएका छैनन । पुष २७ मा नियुक्त भएका उनी सरकारी निवासमा नगई राजधानी जनकपुरधामस्थित एक होटेलमा बास बसिरहेका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं,२० माघ। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्। उनी सवार गाडी डिभाइडरमा ठोक्किएपछि भुसाल घाइते भएका छन्। शुक्रबार बिहान बबरमहल हुँदै शान्तिनगरस्थित पार्टी कार्यालयतर्फ जानेक्रममा उनी सवार गाडी नयाँ बानेश्वरस्थित सडकमा रहेको डिभाइडरमा ठोक्किएपछि उनलाई सामान्य चोट लागेको छ। भुसालको निजामती अस्पताल मिनभवनमा उपचार भइरहेको उनीनिकट गौतम राईले जानकारी दिए। […]

राजु विश्वकर्मा वीरगञ्ज, २० माघ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी हुनुभएको हो । “मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै […]

न्यूजमधेश डेस्क झापा,२० माघ। शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । उहाँका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ । धनुषाको औरही गाउँपालिका १ स्थित रामजानकी माध्यमिक विद्यालयको कार्यालयबाट चोरी भएको कम्प्यूटर र अन्य समान डेरी उद्योगबाट बरामद भएको छ । चोरी भएको समानहरु औरही गाउँपालिका १ मै अमित कुमार साहले सञ्चालन गरेको डेरीबाट बरामद भएको हो । चोरीका समानहरु डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाइफाइको राउटर १ […]