१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

प्रधानमन्त्रीका प्रेस सल्लाहकारविरुद्ध उजुरी परेपछि समानुपातिक बन्दसूचीबाट हट्यो नाम

न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले […]

न्यूजमधेश डेस्क कैलाली,८ कार्तिक ।तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्। दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन्। दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान […]

न्यूजमधेश डेस्क राजविराज ,७ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले कतारबाट दुई जनको शव उद्धार गर्नुभएको छ। वैदेशिक रोजगारमा कतारको (QBC) कम्पनीमा कार्यरत धनुषाको नगराइन नगरपालिका -८ खिरखिरियाका ३८ वर्षीय सिदेश्वर मण्डल र सिरहाको नरहा गाउँपालिका -४ बलुवाको रामकुमार सादाको शव गैर आवासीय मधेशी संघ कतारले उद्घार गर्नुभएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ कार्तिक । प्रदेशसभा सदस्यका लागि धनुषा क्षेत्र नम्वर २ (ख)बाट उम्मेदबार बनेका रामपुकार यादवले दुर्घटनामा घाइते एक महिलाको उद्धार गरेका छन् । जनमत पार्टीका उम्मेदवार यादवले जनकपुर–यदुकोहा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाईते भई सडकमा अलपत्र परेको अवस्था एक महिलालाई उद्धार गरे । उनले ति महिलालाई उपचारका लागि आफ्नै सवारीमा जनकपुरस्थित प्रादेशिक अस्पताल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभाको उम्मेदवार ईन्जिनियर शम्भुनाथ साहले आफू यसक्षेत्रका एकल उम्मेदवार भएकाले आफू जित हाँसिल गर्छु भने दावी गरेका छ्न। उनले न्यूजमधेशसंग कुरा गर्दै आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नको लागि राजनीतिमा होमिएको हुनाले आफुलाई जनताले मतदिएर जिताउछ भने आफू विश्वत रहेको बताए। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएकाहरुको शव निरन्तर उद्धार हुँदै आइरहेको छ। नेपालमा रोजगारी नपाएका युवाहरु वैदेशिक रोजगारमा गएका धनुषाको एक युवकको मृत्यु भएपछी उनको शव गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय अध्यक्षसमेत रहेका उम्मेदवार ई.साहको पहलमा उद्धार गरि उनको […]

सन्तोष यादव जनकपुरधाम ,५ कार्तिक । जनकपुरमा भएको ५ दलीय गठबन्धनको मधेस प्रदेश स्तरीय भेलामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव अपमानित बनेका छन् । कार्यक्रममा अध्यक्ष यादवलाई आसन ग्रहण नै गराइएन ‌। पछि उनलाई आसन ग्रहण गर्न आग्रह गर्दा डाइस (मञ्च)मा गएनन् । यति मात्र होइन मन्तव्य राख्ने क्रममा उनलाई उद्घोषकले सह-अध्यक्ष भनेर […]

न्यूजमधेश डेस्क पर्वत ,५ कार्तिक । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित […]