१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा समुद्रमा क्षेप्यास्त्र प्रहार

न्यूजमधेश डेस्क काठमाडौं ,१९ असोज। उत्तर कोरियाको ’खतरनाक एवं लापर्बाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको सोलले बताएको छ । क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्रायद्वीप र जापानबीचको पूर्वी सागरमा […]

न्यूजमधेश डेस्क सप्तरी ,१९ असोज। सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत ६ सय ६९ राँगाको बलि चढाइएको छ। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए। मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ असोज। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ असोज । दशैंविदाको सात दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुंगिएको छ । घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाई गथ्र्यो । अघिल्ला वर्षहरुमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यसपटक भने एउटामात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो । कोही […]

न्यूजमधेश डेस्क दमौली ,१८ असोज। पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ । मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी […]

न्यूजमधेश डेस्क सप्तरी, १५ असोज । सप्तरीको बलान बिहुल गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।सो अवसरमा जेष्ठ नागरिकहरुलाई खादा अबिर लगाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मजेलाल यादव, मुनिलाल यादव, निर्मल यादव, मुसहरु यादव, गुल्ट साह लगायतका रहेका छन् उक्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ असोज । जनकपुरधामको रामानन्द चोकस्थित नैनी अस्पतालमा डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुने जनकपुरधाम १२ की अन्दाजी ३५ वर्षीय विद्यादेवी मण्डल रहेकी छन् । सुत्केरी व्यथा लागेपछि उनी भदौ २३ गते अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते नर्मल डेलेभरी पश्चात् उनले बच्चा जन्माइन् । तर रक्तस्राव […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टीले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ । दुवैतिरका उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको प्रवक्ता मनिस कुमार सुमनले जानकारी दिए । बैठकस्थल भने गोप्य राखिएको छ । जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने […]