११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

धादिङकाे गजुरी बजार तनावग्रस्त, एम्बुलेन्सलाई ‘स्कर्टिङ’ गरेर पास गराउँदै प्रहरी

न्यूजमधेश डेस्क धादिङ ,६ असोज। धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाण्डाैबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको ज्यान गएपछि स्थानीयवासीले गाडी ठप्प पारेर प्रदर्शन गर्दा गजुरी बजार तनावग्रस्त बनेको हो […]

न्यूजमधेश डेस्क काठमाडौँ,६ असोज। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्। निर्वाचन आयोगले प्रतिनिधिसभाको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई असंवैधानिक भनेका छन् । संविधानको धारा ११३ को (४)ले १५ दिनभित्र पुनः पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था भएको भन्दै उनले राष्ट्रपतिले प्रमाणित नगरेर असंवैधानिक कार्य गरेको जनाएका हुन् । तराई मधेश लोकतन्त्रिक पार्टीले बुधबार विज्ञप्ति […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहामा प्रदर्शन गरेका हुन्। राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असोज।जनता समाजवादी पार्टी(जसपा)का नेता अमरनाथ यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ स्थित पथलगाढा चौकमा आयोजित क्षेत्रीय आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि नेता यादवसहित २ हजार भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले नवप्रवेशीहरुलाई फुलमाला लगाएर […]

न्यूजमधेश डेस्क नयाँदिल्ली ,४ असोज। भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र […]

न्यूजमधेश डेस्क बाँके,४ असोज । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट विनियोजन गरिएको । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि रु २० लाख पचास हजार बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका अनुसार ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरणका लागि विनियोजित रकम […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असोज। नेपालको संविधान २०७२ जारी भएयता पहिलोपटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिएका छन्। अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना दिँदै उनले हरेक नागरिले संविधानको सम्मान गर्नुपर्ने र देशप्रतिको कर्तव्यमा पछि पर्न नहुने बताएका छन्। दोस्रो संविधानसभाबाट २०७२ असाज ३ गते संविधान […]