११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

धनुषा निर्वाचन क्षेत्र नं. २ मा लोसपाबाट पुर्व मन्त्री उमाशंकर अरगरिया सिफारिस

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ भाद्र । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नवलपरासी जिल्ला अध्यक्ष दिपचन्द्र कौशलसहित तीन दर्जन नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहिवार भैरहवामा एक कार्यक्रम बिच लोसपाका जिल्ला अध्यक्ष दिपचन्द्र कौशल ,राप्रपाका संसदीय उम्मेदवार जितेन्द्र चौधरी र पुर्व सभासद उम्मेदवार राम अबध गुप्तासहित तीन दर्जन नेताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ भाद्र । गुठीको जग्गा नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको तत्कालिन भरतपुर गाविसको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको हो । त्यसक्रममा गुठीको नक्कली मोही खडा भएको आयोगको दाबी छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र।मधेश स्वराज आन्दोलनका प्रथम सहिद रामम्नोहर यादवको स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस बुधबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्यक्रम गरि मनाएको हो। सहिद यादवको सम्झनामा जनमत पार्टी बाँकेले उनकै गृहपालिका जानकी गाउँपालिकाको पिपरहवा चौकमा श्रद्धाञ्जली […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र । धनुषाको एउटा विद्यालयको सम्बन्धमा सोधखोज गर्दा युवा थुनामा पुगेको छ । जनकनन्दनी गाउँपालिका ५ उध्दास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बारेमा सोधखोज गर्दा सोही ठाउँका केशव मण्डल ६ दिनदेखि थुनामा छन् । उनीमाथि विद्यालयकी शिक्षिका पुनम मण्डललाई दुव्र्यवहार गरेको आरोप छ । इलका प्रहरी कार्यालय खजुरीका प्रहरी निरक्षक निरञ्जन घिमिरेले उनीमाथि अभद्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच आसन्न आम निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ । मंसिर ४ गते हुने आम निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमती भएको लोसपा प्रमुख सचेतक तथा वार्ता समितिका संयोजक उमाशंकर अरगरियाले जानकारी दिए । गठबन्धन गर्ने सहमती पत्रमा लोसपाको तर्फबाट वार्ता […]

न्यूजमधेश डेस्क रौतहट,१४ भाद्र।रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएपछी सिङ्गो गाउँनै शोकमा डुबेको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । सो पर्वका दिन […]