१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रमुख समाचार

मधेश प्रदेशका अर्थ मन्त्री साहको राजिनामा माग

न्यूजमधेश डेस्क राजविराज,२३ असार। बहुचर्चित २० करोड रकम घोटाला प्रकरणमा मुछिएका मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहमाथि छानबिन गर्न गठित अनुगमन समिति नै अंसबैधानिक भएको आरोप लागेको छ । नेपाली काँग्रेस सप्तरीका युवा नेता ईशाद अंसारीले राजविराजमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरि समिति अबैधानिक रहेको बताए । सप्तरीको विभिन्न खोला नियन्त्रणका लागि मधेश प्रदेशका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असार । कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका- १ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ । […]

न्यूजमधेश डेस्क सप्तरी ,२२ असार। धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असार। धनुषाको औरही गाउँपालिकाका प्रअ मदन महरालाई र्दुव्यवहार भएको विरोधमा संयुक्त दलित संघर्ष समितिले मंगलबार विरोध प्रदर्शन गरेको छ । जनकपुरको स्टेशनबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जनकपुरधामको रेल्वे स्टेशन बाट शुरु भएको प्रदर्शन भानु चौक, कदम चौक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुदैँ […]

न्यूजमधेश डेस्क काठमाडौं, २२ असार । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलबीच भेटवार्ता भएको छ । बुधबार बिहान काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटघाटका क्रममा मेयरद्वयबीच सांस्कृतिक नगरी काठमाडौं र मटिहानीबीच सहकार्यबारे पनि छलफल भएको मेयर मण्डलले बताए । मेयर बालेनले मटिहानी नगरपालिका पनि सांस्कृतिक नगर रहेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असार। जनकपुरधामबाट ३ बर्षीया बच्चाको चोरी गर्ने एक महिलालाई प्रहरीले दुई सातापछि पक्राउ गरेको छ । चोरिएको बच्चासहित महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ६५ बर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । खातुनलाई उनको घरबाटै ती बच्चासहित नियन्त्रणमा लिइएको हो । भारतको बिहार राज्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार। मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार। पछिल्लो १४ बर्षदेखि कतारमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको २२ दिनपछि शव स्वदेश पठाइएको छ । कतारस्थित रामको कम्पनीमा कार्यरत धनुषाको मिथिला बिहारी नगरपालिका ८ निवासी ४६ बर्षीय रितेश्वर यादवको शवलाई घर पु¥याइएको हो । २२ दिनअघि उनको कम्पनीमै भएको दुर्घटनामा परी मृत्यु भएको थियो । जनमत पार्टीका […]