१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रमुख समाचार

सेवाग्राहीलाई गालिगलौज गर्ने प्रादेशिक अस्पतालका कर्मचारी निलम्बित

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार । प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ । अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ । महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ । महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार।पेट्रोलियम पदार्थको मूल्य ३ दिन भित्र फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने जनमत पार्टी सप्तरी इन्चार्ज ममता झाले चेतावनी दिएकी छिन्। आज सप्तरीको सदरमुकाम राजविराजमा पेट्रोलियम पदार्थको मुल्यविद्धिको विरुद्धमा जनमत पार्टी सप्तरीले प्रदर्शन गरेका हुन। सो बिरोध प्रदर्शनपछि न्यूजमधेशसंग कुरा गर्दै जिल्ला इन्चार्ज झले भने, ” पेट्रोलियम पदार्थ जनताको प्रत्यक्ष जीवनसंग जोडिएको महत्त्वपूर्ण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ असार। धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो । भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे […]

न्यूजमधेश डेस्क सप्तरी ,९ असार। सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए । ‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार।मधेश प्रदेशको राजधानी जनकपुरधाममा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका छ्न। बुधबार जनमत पार्टी धनुषाका नवनियुक्त जिल्ला इन्चार्ज संजय कुमार साहको नेतृत्वमा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरिएको छ। जनकपुरधामको मुल्स एरियाबाट सुरु गरिएको बिरोध र्याली भानु चौकमा आएर करिब अधा घण्टा बिच चौकमै बसेर बिरोध प्रदर्शन गरेका हुन। सो प्रदर्शनमा भ्रष्ट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ। मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ४ सयले घटेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध जनमत पार्टीले तराई मधेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेका छ्न। जनमत पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार रुपन्देहीको धकधईमा पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गर्दै करिब २ घण्टा चक्काजाम गरि प्रदर्शन भएको हो। प्रदर्शनकारीहरु पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर,जनता लुटन पाइदैन जस्ता नाराहरु लगाएका थिए। […]