न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ फागुन।मधेश प्रदेशका सर्लाही जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र.२-०३-०१९प ३६०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई धनकौल गाउँपालिका-२ मधुवनी नयाँरोड सडकखण्डस्थित लँगडा पुलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका-३ बस्ने ३५ वर्षका मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।धनुषाको मिथिला बिहारी नगरपालिका ४ कजरा रमौलमा विभिन्न पार्टी परित्याग गरि ५० जना जनमत पार्टीमा प्रवेश गरेको छ। शनिबार कजरा रमौलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपालि कांग्रेस ,एमाले,माओवादी र जसपा परित्याग गरि ५० जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई जनमत पार्टीका युवा नेता चन्द्रदिप यादवलगाइतका नेताहरु अबिर लगाएर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलबरिया टोलका ४६ वर्षिय प्रेमचन्द्र महराको हत्या अभियोगमा दिपक महरा पक्राउ परेका हुन । फुलबरिया टोलमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।बैदेशिक रोजगारीको क्रममा दुबईमा निधन भएका जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १२ का योगेन्द्र भेडिहरको लास व्यवस्थापनसहित परिवारलाई आर्थिक सहयोग पनि जनमत पार्टीले गरेको छ । कर्मचारी जनमत संघका राष्ट्रिय नेता एवं समाजसेवी विनोद पालको अध्यक्षतामा जनमत पार्टीकी सचिव अनिता साह , गैर आवासीय मधेशी संघका कोषाध्यक्ष सन्त साह र प्रेस […]
न्यूजमधेश डेस्क काठमाडौं ,१४ फागुन। सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मत दिने बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्व सहमत भए एमसीसी संसदबाट अनुमोदन हुनेछ भने पाँचदलीय गठबन्धन पनि जोगिने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ फागुन । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ। शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिए। यसअघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए। सांसदहरु एमसिसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी हुन जानुपर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन। सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार आयोगलाई नभएको बताएको हो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ फागुन । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । सो आगलागीले अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएकाे सर्लाहीको हरिपुर नगरपालिका–८ का सूचना […]