१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

प्रमुख समाचार

किसान आन्दोलन : १९ दिनपछि जनमतको जिल्ला अध्यक्ष कुशवाहासहित ३ जना रिहा

न्यूजमधेश डेस्क जनकपुरधाम,७ माघ।किसान आन्दोलनको क्रममा पक्राउ परेका जनमत पार्टी धनुषा अध्यक्षसहित तीन जना रिहा भएको छ। रिहा हुनेमा जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहा,जिल्ला सहसचिव नवीन पण्डित र जिल्ला सदस्य चन्द्रकिशोर साह रहेको छ। रिहा हुनलगतै जनमत पार्टीका नेता कार्यकर्ताहरुले अध्यक्ष कुशवाहा,सहसचिव पण्डित र जिल्ला सदस्य साहलाई फुलमाला र अबिर लगाएर स्वागत गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ माघ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके. राउतलाई हत्याको चेतावनी दिँदै भौतिक पूर्वाधार मन्त्री तथा समाजवादी पार्टीकी नेतृ रेणु यादवले डेढ दशकअघिको गौर हत्याकाण्डलाई सम्झाएकी छन् । स्मरणीय यो छ कि गौर हत्याकाण्ड पनि रेणुकै पुरानो पार्टी मधेसी जनअधिकार फोरमले मच्चाएको थियो । २०६३ सालको चैत ३ गते भएको रौतहटको गौरमा भएको […]

न्यूजमधेश डेस्क काठमाडौं,६ माघ। जनमत पार्टीले अध्यक्ष सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ माघ ।पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ । चिसोको कारण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ । आज ५ माघ, यस दिन मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो पहिलो सहिद भएका थिए । त्यसको सम्झनामा मधेश प्रदेश सरकारले ५ माघलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको छ । बलिदानी दिवसमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ । १५ वर्ष पूरा भएको मधेश आन्दोलनमा १०३ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ । धुनषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती महोत्तरीका अमित कुमार पासवानलाई एक समूहले लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली महोत्तरी भंगहा-७ पुगेको थियो । सो क्रममा प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेलसहितको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख […]

न्यूजमधेश डेस्क महोत्तरी,५ माघ । महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो। अहिले घरघरै रुघाखोकीका बिरामी बढेको स्थानीय इस्लाम राइनले बताए। बिरामी भएपछि पीसीआर परीक्षण नहुँदा कोरोना नै भन्ने […]

न्यूजमधेश डेस्क बाँके ,५ माघ । बाँकेमा ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–३ का अध्यक्ष रामचरण थारू ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । मंगलबार एक पत्रकार सम्मेलन गरी प्रहरीले उहाँलाई सार्वजनिक गरेको हो । अन्य तीन जनासँग बसेर सेवन गरिरहेका वडाध्यक्ष थारूलाई रंगेहात पक्राउ गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी […]