१५ कार्तिक २०८१, शुक्रबार
01-11-2024 , Fri
×

प्रमुख समाचार

महोत्तरीका आधा दर्जन नदीमा बाढी

न्यूजमधेश डेस्क महोत्तरी ,१८ असार ।विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । प्रदेश नं २ सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ कानून व्यवसायीले बहस गरेकामा आज विपक्षीका तर्फबाट बहस भएको छ । रिट निवेदनम प्रदेश प्रमुख, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् । उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका […]

न्यूजमधेश डेस्क रौतहट ,१७ असार । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ७ किलोमिटर दक्षिण–पूर्व लाग्दा सिन्दुरेघारी गाउँ पार गरेलगत्तै साना झुपडीका बाक्लै बस्ती देखिन्छन् । मुसहर समुदाय बसोबास गर्ने यो बस्तीमा बिहान एक जना पनि पुरुष देखिँदैन । अर्काको घरमा ज्याला–मजदुरी गर्न जान्छन् । चरम गरिबीको रेखामुनि रहेको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका पुरुष र महिलाहरू एक दिन काम […]

गोपालप्रसाद बराल महोत्तरी, १७ असार । मध्य असारसँगै लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कोभिड–१९ सङ्क्रमण अलि मत्थर भएर काममा निस्कने तयारीमा लागेका किसानलाई गत मङ्गलबार रातिदेखि लगातार परेको पानीले वाक्कदिक्क बनाएको हो । मङ्गलबारदेखि लगातार मुसलधारे वर्षा भइरहँदा यहाँका सर्वसाधारण कटान र डुवानको चिन्ताले पिरोलिएका छन् । लगातारको वर्षाले जिल्लाका मध्य […]

न्यूजमधेश डेस्क विरगंज ,१७ असार । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र […]

न्यूजमधेश डेस्क लहान ,१७ असार । अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो । सिन्धुलीतर्फको बहाव तीन मिटर र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार।धनुषा – सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तरगत निर्माणधीन कमला नदिअको पुल भासिएको छ । नदीमा आएको अत्याधिक बहाबसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार  दिउँसो दुई फिट मुनी भाँसिएको हो । १२ वटा स्पान र १३ वटा पायामध्ये सिरहातर्फवाट दोस्रो पाया भासिएको हो । २०६८ सालमा पप्पु लुम्बिनी बिलर्डस जेभीले निर्माण थालेको पुलको […]