१५ कार्तिक २०८१, शुक्रबार
01-11-2024 , Fri
×

प्रमुख समाचार

प्रदेश नं २ स् नीति तथा कार्यक्रम पारित

न्यूजमधेश डेस्क जनकपुरधाम ,३० जेष्ठ । आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले […]

न्यूजमधेश डेस्क सप्तरी,३० जेष्ठ ।सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आइतबार पक्राउ परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। पसलसँगै […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० जेष्ठ । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । सङ्घले दोस्रो […]

न्यूजमधेश डेस्क सर्लाही ,३० जेष्ठ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो । एक साताअघि धानको मुख्य […]

गोपालप्रसाद बराल महोत्तरी,३० जेष्ठ । जेष्ठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, […]

न्यूजमधेश डेस्क रौतहट ,३० जेष्ठ । प्रदेश २ का  रौतहटमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन्। घरायसी विवादमा एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ। रौतहटको चन्द्रपुर नगरपापिलका-४ की ३८ वर्षीया दिपिका विकलाई उनका ४२ वर्षीय श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन्। पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार […]

न्यूजमधेश डेस्क महोत्तरी,२९ जेष्ठ । महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो । सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम […]

न्यूजमधेश डेस्क सर्लाही ,२९ जेष्ठ । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ । नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो । गोडैता, बरहथवा, बसबरिया, चक्रघट्टा, विष्णु, ब्रसदरमुकाम मलङ्गवा सहित कौडेना, बलरा, ह्मपुरी, पर्सा, हरिपूर्वा लगायतका स्थानीय तहको प्रत्येक जसो बस्तीमा अधिकांश स्थानीयले खानाबनाउन गुइँठाको प्रयोग […]