१५ कार्तिक २०८१, शुक्रबार
01-11-2024 , Fri
×

प्रमुख समाचार

दर्ता भएका सवारी साधान ३९ लाख ८७ हजार पुग्यो

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । दर्ता भएको सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ । आज जारी आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्ममा थप एक लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता छन् । गत आवको अन्त्यसम्ममा ३८ लाख ३६ हजार ५०२ सवारीसाधन दर्ता थिए । तीमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी […]

मनोज मोरबैता  जनकपुरधाम ,१४ जेष्ठ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामका विभिन्न अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित विरामीले सहजै खाना पाउने अवस्था नभएपछि महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले २२ दिनदेखी निरन्तर निःशिल्क खाना खुवाउदै आइरहेको छ । भोकले कसैलाई ज्यान नगुमाउनु परौस भन्ने मुलनाराका साथ महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले कोरोना संक्रमित र […]

न्यूजमधेश डेस्क सर्लाही ,१४ जेष्ठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस९कोभिड १९० सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच […]

दुर्गा देवकोटा कैलाली ,१४ जेष्ठ । कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् । जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असङ्गठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् […]

न्यूजमधेश डेस्क कैलाली ,१४ जेष्ठ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज १३८ जनाबाट १३८ पिन्ट रगत जम्मा भएको महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्। मंगलबार […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।भारतमा विध्वंस मच्चाएको शक्तिशाली चक्रवात यासको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखामा कार्यरत मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि वर्षा भइरहेको छ। यसबीच कतिपय स्थानमा भारी वर्षासमेत भएको छ। अहिले […]