१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रमुख समाचार

पानी परेपछि राहत, अब मलको चिन्ता

गोपालप्रसाद बराल महोत्तरी,८ भदौ । धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ । आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन् । साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो बतासले खेत खङ्रङ सुकाएर धान पहेँलिन थालेपछि किसान पिरोलिएका थिए । “राम्रो […]

न्यूजमधेश सम्बादाता नवलपरासी, ८ भदौ।समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब […]

न्यूजमधेश सम्बादाता सर्लाही ,८ भदौ । जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण शुरु गरी दुई चरणको काम सम्पन्न गरेकोे हो । पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ । कोरोना भाइरस रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ […]

न्यूजमधेश सम्बादाता सुनसरी,७ भदौ। सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । यो भन्दा अगाडिको बैठकले आज राति […]

मनोज बनैता लाहान, ७ भदौ । चिया पिउने, पान गुटका खाने, राजनैतिक गफगाफ गर्ने लगायतको भिड भईराख्ने शहीद चौकको तरकारी बजारमा लाहान प्रहरीले उच्च निगरानी राखेको छ । सामाजिक दुरीलाई धज्जी उडाउने गरि बिहान र बेलुका हजारौंको भिड लाग्ने सहिद चौकको दक्षिणपट्टीको तरकारी बजार दुई दिन देखि सुनसान बनेको छ । दैनिक उपभोग्य वस्तु लगायत […]

न्यूजमधेश सम्बादाता रौतहट ,७ भदौ । रौतहटको धर्मपुरमा बागमती नदीमा ऋषिपञ्चमी स्नान गर्न गएका एक बालिकाको डुबेर मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन । नदीमा डुबेकी गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखियाको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिंकुकुमारीसँगै डुबेका १२ वर्षकी सुजिताकुमारी दास र १० […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ ।धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड­-१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ । उहाँले भन्नुभयो, “घटना सन्दर्भमा सामाजिक […]