न्यूजमधेश डेस्क जनकपुरधाम ,८ श्रावण ।सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ श्रावण । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया […]
न्यूजमधेश सम्बादाता कैलाली ,७ श्रावण । कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा छुट गरेका छन् । यसरी घरभाडा छुट गर्ने घरधनीले […]
प्रभाषचन्द्र झा जनकपुरधाम ,७ श्रावण । मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो । मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व बिहीबार सम्पन्न हुनेछ । यस पर्वका अवसरमा लगातार तेह्र दिनसम्म दाम्पत्य […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण ।कोरोना महामारीका कारण चार महिनादेखि रोकिएको मादक पदार्थ सेवन (मापसे) जाँच आजदेखि पुनः सुरु हुने भएको छ । सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु गर्न महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ६ श्रावण। अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हुँदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको […]
न्यूजमधेश डेस्क राजविराज ,६ श्रावण । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहाव यसै वर्षकै उच्च बनेको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले […]
न्यूजमधेश सम्बादाता काठमाडौं ,५ श्रावण । नेपाल प्रहरीको मानव बेचबिखन अनुुसन्धान ब्यूरोले बन्दाबन्दीका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ । ब्यूरोको टोलीले बन्दाबन्दीको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक […]