०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

जसपा र जनमत आन्तरिक छलफलमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् । ​​​ कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन महानगरको पुरानो कार्यालय बागदरबार पुगेका डा. राउतले कवाड सोच भएका नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका हुन् ।​​ ‘कवाड व्यवसायीहरूको आन्दोलनमा जनमत पार्टीको तर्फबाट ऐक्यबद्धता​ छ । कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई […]

काठमाडौँ । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन गैरआवासीय मधेशी सङ्घ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा.श्यामबाबु महतो चयन भएका छन्। पाँचौँ महाधिवेशनबाट महतोको अध्यक्षतामा ५४ सदस्यीय अन्तर्राष्ट्रिय कार्यसमिति चयन भएको हो। जनमत पाटीका अध्यक्ष डा.चन्द्रकान्त राउतको प्रमुख आतिथ्यमा सम्पन्न पाँचौँ महाधिवेशनबाट कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा ई. विजयकुमार यादव, ई. धिरजकुमार साह, […]

जनकपुरधाम । धनुषाको बिहेद नगरपालिकाका ईन्जिनियर जयनाथ अधिकारी जनमत पार्टी प्रवेश गरेका छन् । बिहीबार जनमत पार्टी जनकपुरधामस्थित रहेको सचिवालयमा ईन्जिनियर अधिकारीलाई पार्टी प्रवेश गराइएको छ। ईन्जिनियर अधिकारीलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीको सदस्यता प्रदान गर्दै उनलाई पार्टीमा भित्र्याएको छ। पार्टी प्रवेश गरेका ईन्जिनियर अधिकारीलाई जनमत पार्टीकी केन्द्रिय […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]

जनकपुरधाम । तेस्रो मुलुकबाट मालसामान ल्याउन र लैजानका लागि भारतको जयनगरदेखि जनकपुरधामसम्म मालवाहक रेल सेवा सञ्चालन गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ । संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा व्यापारीहरूले आइतबार नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक निरञ्जन झालाई ज्ञापन पत्र बुझाउँदै मालवाहक रेल सञ्चालन गर्न माग गरेको हो । यात्रुवाहक रेलमा पनि मालवाहक बोगी […]

सप्तरी। बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागार कार्यालय सप्तरी, राजविराजको थुनामा रहेका बन्दी मृत फेला परेका छन्। राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए। उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आइतबार बिहान फेला परेको हो। गत […]