१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

छ वर्षकी बालिकाले जितिन् कोरोना

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा […]

न्यूजमधेश सम्बादाता विराटनगर ,२१ जेठ ।प्रदेश नं १ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७÷७८ लागि नीति तथा कार्यक्रम २३ गते अपराह्न ३ बजे बस्ने बैठकमा पेश गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ […]

कैलाश दास जनकपुरधाम, २१ जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा नवराज विकसहितका ६ जना युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो ।न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् । राष्टिूय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार […]

न्यूजमधेश सम्बादाता सर्लाही,२१ जेठ। सस्तोमा ग्यास चुल्हो र सिलिण्डर समेत दिने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरी फरार भएकी सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा छिन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रप्ुर ४ […]

मनोज मोरबैता जनकपुरधाम,२० जेठ । धनुषाको हंसपुर नगरपालिकास्थित एक क्वारेन्टिनमा कोरोना संक्रमित पाइएपछि खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी पनि आउन छाडेका छन् । वडा २ स्थित बगचौरा मावि क्वारेन्टिनमा बसेकामध्ये दुई जना पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी समेत आउन छाडेका छन् । संक्रमितलाई […]

न्यूजमधेश सम्बादाता बुटबल ,२० जेठ । प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० जेठ। प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई […]