०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

प्रमुख समाचार

सर्लाहीको कृषि ज्ञान केन्द्र एउटै कोठामा, ३ वर्षदेखि बजेट फ्रिज

सर्लाही ,२९ साउन। जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए। जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान […]

जनकपुरधाम ,२९ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल दुरसंचार प्राधिकरणको सेवा प्रभावकारी बनाउन नेपाल दुरसंचार प्राधिकरणका प्रतिनिधिहरुसँग छलफल गरेको छ । उनले नेपाल दरसंचार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरुसँग सो विषयमा मंगलबार छलफल गरेको हो । मुख्यमन्त्री सिंहले विशेष गरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेको नेटवर्कको समस्यालाई निराकरण गर्न प्राधिकरणलाई आग्रह […]

झापा, २९ साउन । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत […]

जनकपुरधाम,२४ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गरेका हुन् । कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता […]

जनकपुरधाम,२३ साउन । मधेश सरकारविरुद्ध निकालिएको कुर्सी जुलुसमा चलचित्र तथा लोकसंचार प्रवर्धन बोर्डकी सदस्य पुष्पा यादव पनि सहभागी बनेकी छन् । बोर्ड मधेश सरकार मातहतकै छन् । उनलाई तत्कालीन जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको थियो । वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद् २० सदस्यीय पुर्याएपछि जसपा नेपाल समर्थित समाजवादी यूवा […]

जनकपुरधाम,२२ साउन । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । कर्मचारीहरुले कामकाजमा हेलचेक्रयाइँ गरिरहेको जनगुनासो बढेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् । मधेश प्रदेश सरकारको पेफा मूल्यांकनसम्बन्धी प्रारम्भिक कार्यशालामा उनले कर्मचारीहरुले कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए […]

जनकपुरधाम, २१ साउन । मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी र पछ्यौटेपनबाट प्रदेशवासीलाई मुक्ति दिलाउन साक्षरताको स्थितिमा तीव्र सुधार ल्याउने अपेक्षाअनुसार विश्वविद्यालयहरूसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । मुख्यमन्त्री […]

जनकपुरधाम ,२० साउन । मधेस प्रदेश सरकारले गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गरेको छ । शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज आधा झण्डा झुकाएर काम गरेको हो । गायक कामतको १७ साउनमा (बिहीबार) असामयिक निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएको भन्दै […]