०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

भारतीय सीमामा रहेकालाई नेपाल भित्र्याइदैनः रक्षामन्त्री पोखरेल

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ चैत्र ।सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ ।भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ चैत्र।पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उहाँले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ चैत्र ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तुकिन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ चैत्र । धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायलाई सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ । यहाँका सय परिवार मुसहर समुदायलाई भोर अनुसन्धानमा आधारीत अभियानी तथा परोपकारी संस्थाद्वारा मास्क र साबुन बितरण गरिएको हो । प्रति परिवार ५ थान माक्स र दुई थान साबुन […]

न्यूजमधेश सम्बातादा राजविराज ,१८ चैत्र। औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज […]

न्यूजमधेश सम्बादाता काठमाण्डु ,१७ चैत्र । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध गरेको नयाँ खोज सफल भएको छ । वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध तयार पारेको नयाँ न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय पार्ने दावी गरेका छन् । न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय गर्छ । यसले कोरोना भाइरसलाई ९६.५ प्रतिशतदेखि ९९.९ प्रतिशतसम्म डिएक्टिभ पार्ने ग्लोबल टाइम्समा […]

न्यूजमधेश सम्बादाता सप्तरी ,१७ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ । राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई […]

न्यूजमधेश सम्बादाता विराटनगर ,१७ चैत्र ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका नागरिकले यसबाट बच्न र बचाउन सजग एवं सतर्क रहनुपर्ने बताउनुभएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी, व्यवस्थित एवं चुस्त र दुरुस्त बनाउन सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयको परिसरमा आज आयोजित छलफलमा उहाँले कोरोनाको रोकथाम, नियन्त्रण एवं उपचारमा […]