०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने : मेयर बरबरिया

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१७ चैत्र ।धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई रु दश लाख उपलब्ध गराउने भएको छ । नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा आज जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप भत्ता प्रतिदिनको रु ५०० उपलब्ध गराउने कोरोना […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१६ चैत्र। नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमार्फत चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा मेडिकल सामग्री निगमले जिम्मा लगाएको हो । चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री बोकेर आएको वाइड बडी जहाज आज बिहान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो […]

न्यूजमधेश सम्बादाता सप्तरी,१६ चैत्र । देशमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन लगाएको समयमा एक जना स्वास्थ्यकर्मीको मोटरसाइकल चोरी भएको छ । सप्तरी सदरमुकाम राजविराजस्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख अहेब सन्तोष दासको मोटरसाइकल शनिबार केन्द्र अगाडिबाटै चोरी भएको छ । दास ड्यूटीमा रहेको बखत उनले बाहिर राखेको बा.४३प २२१२ नम्बरको इन्टेन्सर मोटरसाइकल चोरी भएको हो […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १६ चैत्र। कोरोना भाइरस बाट प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम पठाउन शुरु गरेको छ । राहत कोषमा सबै भन्दा पहिले सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुर स्थित प्रतिनिधिहरुले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१६ चैत्र। जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालले कोरोना संक्रमित फैलिन नदिन फिबर क्लिनिक संचालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्न नदिन अस्पतालले आईतबारदेखि फिबर क्लिनिक संचालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए । […]

न्यूजमधेश सम्बादाता नेपालगञ्ज, १५ चैत । नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमनस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । कोरोना भाइरस (कोभिड–१९ ) को आशंकामा संकलन गरिएका नमुना लिन गएको वाई–१२ जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो । विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर धवनमार्ग सँगैको घाँसे मैदानमा पुगेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । जहाज रोकिएकाले मानवीय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ चैत्र । प्रदेश २ सरकार कोरोनाबिरुद्व लड्न तम्त्यार रहेको जनाइसकेको छ । यसका निम्ति बजेटहरु पनि छुट्टयाइसकेको छ । तर, प्रदेशमा हालसम्म यसको तयारी राम्रो बन्न सकेको छैन् । खासगरी कोरोनाबिरुद्वका उपकरण र उपचारस्थलहरु अहिले पनि प्रभावकारी देखिन सकेको छैन् । कोराना संक्रमितका लागि बीरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ ,१४ चैत्र। कोराना भाइरस (कोभिड–१९) को नेपालमा थप एक जनामा सङ्क्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका […]