०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

७० को वय : नागरिकलाई भत्ता, नेतालाई सत्ता

काठमाडौं । असल कर्मका लागि उमेर साधक कि बाधक ? उमेरको श्रीबृद्धि कार्यकौशलको मापक हो या हैन ? शास्त्रले राजनीतिलाई नीतिहरुको राजा मान्छ । त्यसैले राजनीति गर्नुपर्ने व्यक्तित्व सधैं खुल्ला, सक्रिय, पारदर्शी, आकर्षक मात्र हैन, जनताको सर्वोपरी हितका लागि समर्पित हुनुपर्छ भन्ने मान्यता छ । अझ सधैं व्यस्त रहनुपर्ने राजनीतिक नेतृत्वका लागि उमेरको प्रसंगले कति […]

काठमाडौं । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जारी गरेको विज्ञप्ति अनुसार मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ । माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ […]

जनकपुरधाम । भारतीय चोरीको गाडी नेपाल भित्र्याएर नक्कली कागजात तयार पारी बेच्ने गिरोह जनकपुरधाममा सक्रिय बनेको खुलेको छ । धनुषा प्रहरीले नक्कली कागजात तयार पारेर गाडी बेच्ने गिरोहका सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुबाट चार गाडी (कार) पनि बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ५० वर्षीय […]

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी ७ दलले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको छ […]

लालबन्दी । ब्रह्मपुरीको एक मदरसाले समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाका कर्मचारीहरुलाई सम्मान गरेको छ । मदरसासहित विद्यालयका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा प्रशंसनीय कार्य गरेको भन्दै ब्रह्मपुरी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको इसलामिया मदरसाले राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) का संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह, बरिष्ठ परियोजना संयोजक आदित्य पटेल, कार्यक्रम अधिकृत विवेक झासहितका कर्मचारीहरुलाई मदरसा […]

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम […]

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीमा निकै लोकप्रिय बन्दै गएको छ । आमचुनावपछि नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी सर्लाहीको नेतृत्व(इन्चार्ज) हुनु भएका युवा नेता श्रीचन यादव(सुजन)ले सर्लाही जिल्लालाई जनमत पार्टीमय बनाउँदै लग्नु भएको हो । जग बलियो भए घर बलियो हुन्छ भने झैं नेतृत्व गतिलो भए मात्रै पार्टी पनि बलियो हुने हो […]

कैलाली । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन् । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी उनले माओवादीले गरेको जनयुद्धतर्फ सङ्केत यस्तो बताएका हुन् । ‘यहाँहरूले हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ, त्यो कस्तो अधिकार हो हाम्रो ?’, उनको प्रश्न थियो […]