०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

कोशी नदिमा मृत्यु भएका गोहि भेटियो

न्यूज मधेश,राजविराज । सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ । सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका वडा नं.१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । कोशी नदीमा मरेको अवस्थामा गोही […]

न्यूज मधेश,वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ । हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई आगलागी हुदा रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरीले बताएको हुन। आगलागीबाट रु एक लाख बराबरको धनमाल जली क्षति भएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय […]

न्यूज मधेश,वीरगंज । चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको राष्ट्रपति विद्या देवी भण्डारीले बताउनु भएको छ। वीरगंजको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसमा समय सान्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने […]

न्यूज मधेश,सिरहा। आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ का २३ वर्षीय ऋषिकेश साह रहेका छन् । साहले आगोलगाएको अभियोगमा सम्मानित जिल्ला अदालत सिरहाले उक्त मुद्दा फैसला भई ६ महिना कैद सजाय तोकेको थियो । ईलाका प्रहरी कार्यलय मिर्चैयाबाट गस्तीमा खटेको टोलिले आगलागी […]

न्यूज मधेश,राजविराज । सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा नं.१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि जेल चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो । गफुर पमरियाको हत्या गरेको आरोप छ […]

न्यूज मधेश,जनकपुरधाम।धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेलले पीडित परिवारलाई एक लाख सहयोग गरेको छ। गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर्खाल भत्किंदा पढिरहेकै अवस्थामा त्यसमा च्यापिएर स्थानीय जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार […]

न्यूज मधेश,जनकपुरधाम ।समाजवादी पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले धनुषाको कमला नगरपालिकामा सोनासती देवी मन्दिरको शिलान्यास गरेको छ । कमला नगरपालिका वडा नं.८ सोनापारामा बिहिवार एक कार्यक्रमबीच सोनासती देवी मन्दिरको शिलान्यास गर्नु भएको छ। उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए । […]

न्यूज मधेश,सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या गरेको छ। कर्जन्हा नगरपालिका वडा नं.२ मा बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको छ । घरायसी विवादको कारण उनकै श्रीमान रामबाबु पासवानले मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गर्दा कविताको मृत्यु भएको छ । गम्भीर घाइते […]