०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

जनताको समस्यालाई चाडै समाधान गर्ने : सांसद यादव

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं.१ का जनताले भोगी रहेको समस्यालाई चाडै समाधान गर्न सांसद प्रदीप यादवले प्रतिबद्धता जनाएको छ। सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत आज वीरगन्ज महानगरपालिका-१६ को इनर्वामा स्थानीयसंंग छलफल गरेका हुन। छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोलमा रहेको […]

राजविराज । समाजवादी पार्टीकी नेतृ एवम् अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारको मुद्दा परेको भन्दै शुक्रबार सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरेको हो । महानगरी प्रहरी वृत्त कमलपोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।‘साह विरुद्ध महानगरीय प्रहरी वृत्तमा […]

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले आज जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नसकिने भएकाले आफनो स्रोत साधनले […]

राजबिराज। उप–प्रधान एवम् स्वास्थ्य जनसंख्या मन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीसँग एकता नगरे राष्ट्रिय जनता पार्टी (राजपा) को अन्त्य हुने चेतावनी दिएका छन् । समाजवादी पार्टी नगर समिति राजबिराजद्वारा बिहिवार राजबिराजमा बडा दसैं, दिपावली, छ्ठ पर्वको अवसर आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यस्तो चेतावनी दिएका […]

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाँउपालिका वडा नं. ३ प्रके महुवामा अज्ञात समुहले एकैपटक वडाध्यक्ष सहित ९ वटा मोटरसाइकलमा आगजानी गरेका छन् । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको हो । आज विहान करिब ३ बजेर ३० बजेको समयमा पार्किंग गरि राखिएको मोटरसाईलमा […]

प्रमोद सहनी ,रौतहट। नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को […]

राजबिराज । सप्तरीको विभिन्न स्थानबाट अबैध गाजा बोट फडानी गरेको प्रहरी कार्यालयले जनाएको छ । बुधबारका दिन सप्तरीको राजबिराज नगरपालिका ११ र सुरुङ्गा नगरपालिका ४ बाट अबैध गाजा फडानी गरि नष्ट गरेको हो । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.४ मधुपट्टि स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्र.स.नि.गुद्दर प्रसाद यादवको कमाण्डमा ७ जनाको प्रहरी […]

राजबिराज। बिजयादशमी,शुभ दीपावली तथा छठ पर्वको अबसरमा आयोजित राजबिराज रमाइलो महोत्सवमा नेपाल लोकस्टारका प्रतिस्पर्धि रबिराज शाह आउने भएका छ्न । सप्तरी युथ नेपाल राजबिराजको आयोजनामा आयोजित रमाइलो मेलामा आउदो शनिबार असोज २५ गते मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारका ट्प ६ का प्रतिस्पर्धी रविराज साह आउने भएका हुन । एक भिडियो मार्फत आफू सप्तरीको सदरमुकाम […]