०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

जनकपुरबाट ५५ हजार घुससहित सव ईन्जिनियर मण्डल पक्राउ

जनकपुरधाम।धनुषाको नगराईन नगरपालिकाका सव ईन्जिनियर उमेश मण्डललाई शुक्रबार ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट अख्तियारले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नगराईन नगरपालिकाका सव ईन्जिनीयर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने वापत जनकपुर अंचल अस्पताल अगाडी एक सेवाग्राहीसंग […]

काठमाडौ । पौने सात लाख घुससहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई अख्तियारले नियन्त्रणमा लिएको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट कोइरालालाई नियन्त्रणमा लिएको छ। काठमाडौंको जोरपाटीस्थित स्तूपा कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भन्दै कोइरालाले उक्त रकम घुस मागेका थिए । विशेष सूचनाका आधारमा अख्तियारको टोलीले कोइरालालाई नियन्त्रणमा […]

जनकपुरधाम ।मधेशी कामदारको पीडा बुझन जनमत पार्टीका अध्यक्ष डा. सिके राउत विहिबार कतारतर्फ प्रस्थान गरेका छन् । गैरआवासीय मधेशी संघ (एनआरएमए) को कार्यक्रममा भाग लिनका लागि डा. राउत विहिबार अपरान्ह कत्तार प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राउत गैर आवासीय मधेशी संघले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागीता जनाउन उनी कतार लागेको बताइएको छ […]

जनकपुरधाम । प्रदेश नं. २का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश लाइ श्रीकाकुलम स्थित आदित्य इन्स्टिच्युट औफ टेक्नोलॉजी एंड मैनेजमेंट ले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का ३० जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, […]

सुभाष कर्ण,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएको छ । मंगलबार दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा मेयर पक्षधरसँगै […]

धैर्यकान्त दत्त ,जनकपुरधाम । प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानलाई प्राथमिकता दिँदै आएको छ। यहाँसम्म कि यस कार्यक्रमलाई मुख्यमन्त्री अभियान भनेरै नामाकरण गरेको छ, प्रदेश सरकारले। गत आर्थिक वर्षमा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि २० करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। ‘बेटी पढाउ, […]

राजेन्द्र महतो,लहान। डाका मुद्दामा केही दिनदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बिष्णु पुर सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । फरार प्रतिवादीको रुपमा फरार रहेका सिरहाको बिष्णुपुर गाउँपालिका -३ राजपुर बस्ने २० बर्षिय रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको बताएको छ । डाका मुद्दा परेका […]

राजेन्द्र महतो,लहान ।डाका मुद्दामा केही दिन देखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। प्रहरी चौकी सन्हेठा सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका वाड न.१९ सन्हेठा बस्ने राम रिजन यादवको छोरा ३० वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो। डाका मुद्दा परेका यादव गत बैशाख २४ गते देखि फरार रहेको थियो ।फरार रहेको […]