०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

अधिकार नदिए चाँडै सिंहदरबार घेर्न आउँछौँ : सभापति यादव

जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे । बिहीबार कांग्रेसको मधेस प्रदेश सम्मेलनमा बोल्दै सभापति यादवले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नसकेको बताए । ‘प्रदेश सरकारसँग अधिकार छैन […]

जनकपुरधाम । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले स्वास्थ्य सेवाका १६० कर्मचारी माग गरेको छ। छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी निर्देशनालयले १६० जना कर्मचारी माग गरेको हो। आज (बिहीबार) निर्देशनालयले सूचना जारी गर्दै नवौँ तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, ६ जना डेन्टल सर्जन, […]

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुर बजार क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका सर्व साधारण माथी स्थानिय भुमाफियाहरु गिद्धे दृष्टि लगाउन थालेका छन् । चन्द्रपुर नगरपालिका बडा नम्बर ४ मा बिगत २० वर्ष देखि घर बनाई बसोबास गर्दे आएका एक मधेशी मुलका नेपाली लाई केहि स्थानिय भुमाफियाहरुले दुख दिन थालेपछि भुमाफियाको कर्तुत बाहिरीएको हो । चन्द्रपुर नगरपालिकाको […]

जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले तीन चारदिन भित्रै जनकपुरधाममा निमार्ण गरिएको रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् । उनले समाजीक संजालमा आईरहेको विभिन्न किसीमको प्रतिक्रियाको जवाफ दिदै तीनचार दिन भित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने र यसमा सबैलाई ढुक्क हुन आग्रह गरे । उनले समाजीक संजाल माफर्तनै […]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल […]

सर्लाही । तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् । विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर […]

जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अवैध रुपमा राखेका कर्मचारीहरुको तलब सेवा सुविधा कटौती गरिएको छ । दरबन्दी भन्दा बढी कर्मचारी राखेका सभामुखको सचिवालयले सेवा सुविधा प्रदान गर्न लेखा र सचिवलाई दवाव दिँदा दिन नमान्दा सभामुख मण्डल कर्मचारीहरुबाट असन्तुष्ट भएका छन् । दरवन्दी भन्दा बढी कार्यकर्ताहरुलाई सेवा सुविधा दिन सभामुख मण्डल कर्मचारीहरुलाई दबाब दिँदै आएका […]

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका जय किसान माध्यमिक विद्यालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको पहलमा ईपीसी नेपालद्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो। फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्ध खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताए। उद्योग तथा वाणिज्य र श्रम […]