०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

प्रमुख समाचार

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

काठमाडौँ, १३ साउन। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार प्रतितोलामा […]

जनकपुरधाम,१२ साउन । सप्तरीका प्रतिष्ठित व्यावसायी रंजित कुमार दास जनमत पार्टीमा प्रवेश गरेका छन् । जनकपुरधामस्थित जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यलयमा पुगेर उनले पार्टी प्रवेश गरे । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले व्यावसायी दासलाई सदस्यता दिदै खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । मुख्यमन्त्री सिंहले उनको आगामी राजनीतिक यात्रा सुखद रहोस् भन्ने शुभकामना […]

जनकपुरधाम, १२ साउन ।जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् । आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उहाँ अल्मलिएर रेलकै लिकमा परेका थियो । लिकमा […]

जनकपुरधाम ,१२ साउन। मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सकिएको छ । जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउन पार्टीको तर्फबाट चार बुँदे सुझावसहितको निर्णय गर्दै शनिबार सम्पन्न भएको हो । बैठक खासगरी मधेस सरकार कामकाजको बारेमा तथा काम […]

जनकपुरधाम ,११ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमीकमजोरीबाट पाठ सिकेर अघि बढनुपर्नेमा जोड दिएका छन् । मधेशका शिक्षा तथा सँस्कृति मन्त्रालयले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् । चालु आर्थिक वर्षमा समयमै अख्तियारी पठाइएकाले योजना […]

जनकपुरधाम,११ साउन ।जनमत पार्टी केन्द्रिय सचिवालयको बैठक जनकपुरधाममा सुरु भएको छ। शुक्रबार जनकपुरधाममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको अध्यक्षतामा पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु भएको हो । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा, मधेश प्रदेश सरकारका कामकाज कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय लगाइएको विषयमा छलफल हुने पार्टीका राष्ट्रिय प्रवक्ता […]

जनकपुरधाम ,११ साउन। जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि शुक्रबार जनकपुरधाम पुगेका छन् । अध्यक्ष राउतलाई जनकपुर विमानस्थलमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलगायत पार्टीका नेताकार्यर्ताहरूले भव्य स्वागत गरेका छन् । पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु […]

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.शिवराम यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको बिहीबार गरेको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले डा.यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन्। आज नवनियुक्त अध्यक्ष डा. यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएका हुन् । ५७ वर्षीय यादव सिरहा […]