०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

झापामा शर्माले लिएको नागरिकता सङ्कास्पद्

झापा । झापामा एक व्यक्तिले लिएको नागरिकता सङ्कास्पद् देखिएको छ । झापा साबिक घेराबारी ५ हाल कचनकवल १ का रमेश शर्माको नागरिकता सङ्कास्पद् देखिएको हो । शर्माले दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेस गरेर वि.सं. २०७१ फागुन १६ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत नागरिकता जारी गरेको उल्लेख छ। नागरिकतामा बाबुको […]

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेताकार्यकर्ताहरु बिगत केहि दिनदेखि धमाधम जनमत पार्टी प्रवेश गरिरहेको छ। बुधबार काठमाडौंको बुद्धनगरमा जनमत पार्टीको केन्द्रिय कार्यलयमा पुगेर नेता सिंह जसपा परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन। नेता सिंहलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,अध्यक्ष डा.राउतले पार्टीको सदस्यता नेता सिंहलाई हस्तान्तरण गरिएको […]

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि […]

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका पूर्व मेयर रामबाबु यादव जनमत पार्टीमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीका केन्द्रिय कार्यलयमा अध्यक्ष डा.सीके राउतसंग भेटेर लोसपाका नेता तथा पूर्व मेयर यादवले प्रवेश गरेका हुन। जनमत पार्टीका नेता तथा प्रदेश सांसद त्रिभुवन साहको विषेश प्रयासमा पूर्व मेयर यादवलाई पार्टी प्रवेश गरेको हो। पूर्व मेयर यादवलाई […]

जनकपुरधाम । जनमत पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सौरव साहको पिता संतोष साहको आज बिहान निधन भएको छ। जनमत पार्टीका केन्द्रिय सदस्यसमेत रहेका नेता साहको पिता ७१ वर्षको उमेरमा महोत्तरीको सितापुरस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको विरामी हुनुहुन्थ्यो ।जनकपुरधामको काव्या होस्पिटलमा उपचार सम्भव नभएपछि काठमाडौं लगेका थिए।तर,काठमाडौंमा पनि उपचार गराए। चिकित्सककै सल्लाह अनुसार घर ल्याएको […]

जनकपुरधाम ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन प्रती समवेदना प्रकट गरेको छ। वरिष्ठ पत्रकार नेपालीको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको शिक्षा मन्त्री यादवले बताएका छन् । उनले राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गरेको प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार नेपालीको शोकाकुल परिवारजनमा धैर्य […]

जनकपुरधाम । नेपाल ट्रेड सेन्टर जनकपुरधामका सञ्चालक सोहनलाल मुरारकाले व्यवसायीको कारोबारमा जर्वजस्ती तमसुक बनाउने गरेको पाइएको छ । निर्माण व्यवसायीहरुले कारोबार गर्दा बैंक खाता रोक्का गराएर जर्वजस्ती फर्जी तमसुक बनाउने गरेको हो । सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका गुण्डा लगाएर हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको आरोप लगाएका छन् । उनले २०७२ […]

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसुची राखिएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम आजको […]