०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

मलङ्गवा ,२४ साउन । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । […]

जनकपुरधाम,२४ साउन।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज झापा जान लागेका छ्न। झापा जान लागेका जनमत पार्टीको अध्यक्ष डा.राउत बुधबार दमकमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। साथै ,जनमत पार्टीमा प्रवेश गर्न चाहने झापा,मोरंग र सुनसरीका व्यक्तिहरुलाई ९८०४७९३८८० मा सम्पर्क गर्न आग्रहसमेत गरेका हुन।

जनकपुरधाम । जनमत पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको अप्रूवल रेटिङ (जनमत संकलन)का लागि मतदान गराउने भएको छ । मतदानका लागि आज मतदाता नामावली सार्वजनिक गरिएको छ । जनमत पार्टीबाट २ प्रमुख, १ उपप्रमुख र १९ वडाध्यक्ष निर्वाचित भएका छन् । जनमतबाट सप्तरीको बलान विहुल गाउँपालिका अध्यक्षमा खेमचन्द्र यादव, सोही पालिकाको उपाध्यक्षमा रेणु यादव र हनुमाननगर […]

काठमाडौं ,२३ साउन । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनतामाथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष डा. राउतले विद्युत उत्पादक व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरु बनाउन दिन नहुने बताए । उनले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरु निजी क्षेत्रलाई दिए सांसदहरुले नै अवरोध […]

जनकपुरधाम,२३ साउन । कमला नदिमा पानीको सतह बढेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर मंगलबार बिहान ११ बजे कमला नदी,बेलसोत उदयपुर जलमापन केन्द्रले जलसतह सतर्कता तह पार गरेकोले कमला नदि आसपास क्षेत्रमा खतरा हुनसक्ने भएकोले सुरक्षित स्थानमा रहन आग्रह गरेका छ्न। जल […]

काठमाडौँ,२१ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । जसपाको रौतहट कार्यसमिति सदस्य नेता यादव आजै जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष डा.सिके राउतले सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए । सामाजिक अभियन्ता समेत रहेका उनी २०७९ मा भएको स्थानीय चुनावमा लोसपाले […]

काठमाडौं,१९ साउन। डा.सीके राउत नेतृत्वकाे जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । यस्तै जनमतका नेताहरूले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका […]

जनकपुरधाम,१९ साउन। निर्माण व्यवसायी संघका सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक कार्यक्रमबिच निर्माण व्यवसायी संघ सप्तरी जिल्ला अध्यक्ष दास जनमत पार्टीमा प्रवेश गरेका हुन।अध्यक्ष दास नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.२ का पुर्व कोषाध्यक्षसमेत रहेको हो। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमला अबिरको टीका […]