०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

अर्थमन्त्री महतको राजीनामा माग्दै माइतीघरमा ठेकेदारको धर्ना

काठमाडौं,२९ असार । सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरुले धर्ना दिएका छन् । असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको भन्दै शुक्रबार बिहान नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा माइतीघर मण्डलमा धर्ना दिएका हुन् । निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी दिन नसक्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्काल राजीनामा […]

रौतहट,२९ असार। रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान लागूऔषध गाँजासहित सर्लाही गडैता नगरपालिका–३ का ८ वर्षीय किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका–९ का ३८ वर्षीय हरिन्द्र साहलाई पक्राउ गरेको हो । उनीहरुलाई १३ वटा प्लास्टिकको पुरियामा लागूऔषध गाँजा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी […]

सुनसरी,२९ असार । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलबाट ट्रक नदीमा खसेको छ। कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट […]

कञ्चनपुर,२८ असार।कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन्। रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे। ‘यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ’, कृषक पन्तले भने, ‘गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो।’ ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान […]

चितवन,२८ असार । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उहाँका उर्जाशील धेरै समय पनि चितवनै बित्यो । बाहिर चर्चा निकै कम भए पनि सशस्त्र […]

काठमाडौं,२८ असार। कागजात शङ्कास्पद देखिएको भन्दै कुवेत लगायतका मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो। उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा […]

जनकपुरधाम,२८ असार । मधेस प्रदेश सरकारका विना विभागीय मन्त्री बसन्त कुमार कुशवाहासहित जनमत पार्टीका नेताकार्यकर्ताहरु धान रोप्नमा व्यस्त छन् । विना विभागीय मन्त्री रहेका कुशवाहा महोतरीको महोत्तरी गाउँपालिका ५ मा सार्वजनिक श्रमदान अन्तर्गत धान रोपाई कार्यक्रममा सहभागि भएका हुन् । यसअघि जनमत पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका कुशवाहालाई स्थानीय कृष्ण साहले […]

काठमाडौं ,२८ असार।अनियमिताको समाचार लेखेको विषयलाई लिएर मकालु खबर डटकमका मधेश प्रदेश प्रमुख पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका प्रवक्ता रंजीत रामले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही र पीडित पत्राकारलाई न्याय दिन प्रशासनसँग माग गरेका छन्। असार २५ गते बेलुका धनुषाको […]