०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

प्रमुख समाचार

महोत्तरी प्रहरीले गोली हानेर पेशेवर डकैत पासवानलाई समात्यो

जनकपुरधाम । महोत्तरी प्रहरीले एक पेशेबर डकैतलाई गोली हानेर समात्न सफल भएको छ । भारतीय सिमासँग जोडिएको तथा महोत्तरी र सर्लाहीको सिमामा पर्ने खैरनी भन्ने ठाउँबाट डकैत विजेन्द्र पासवान पक्राउ परेका हुन् । लुकीछिपी बसेको अवस्थामा पक्राउ गर्न प्रहरी जाँदा उनी भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले एक राउण्ड गोली चलाएको छ । सर्लाहीको […]

जनकपुरधाम ।मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेशसभाको बैठकबाट सर्वसम्मतिले पारित गरेको छ । आईतबार बसेको प्रदेश सभाको बैठकमा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफल तथा त्यसपछि मन्त्रीहरूको जवाफ आएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले पारित गर्नका लागि प्रस्ताव गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा विनियोजन विधेयक २०८१ सर्वसम्मतले […]

जनकपुरधाम । मधेस प्रदेशसभाको शनिबारको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ । मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करका विषयमा समीक्षा समेत गर्न नसकिएको बताए । उनले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञसँग परामर्श गरेर अगाडि बढ्ने जानकारी गराए । शनिबार बैठकमा छलफलका क्रममा उठाइएका […]

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो । चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

काठमाडौँ । जनमत पार्टीले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका राष्ट्रिय प्रवक्ता एवं डा शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गर्दै सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनसँग आग्रह गरे। “नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज […]

कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए÷नभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा […]

वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए । स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार […]

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् । “जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान […]