०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

काठमाडौं ,१७ असार । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेश गरेका छन्।

काठमाडौं,१७ असार। नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ। अभियानका लागि अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको सो पार्टीले जानकारी दिएको छ। सचिवालयको संयोजकमा अध्यक्ष भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका […]

जनकपुरधाम,१७ असार ।धनुषाको सहिदनगर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छ्न। शनिबार सहिदनगर नगरपालिका -४ मा एक कार्यक्रमबिच नेकपा एमाले नेता अर्जुन दास र नेपाली कांग्रेसका नेता पवन कुमार मण्डलसहित दर्जनौं नेताकार्यकर्ताहरुले सो पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत प्रवेश गरेकाहरुलाई पार्टीका मधेश प्रदेश सदस्य रामपुकार […]

रौतहट ,१६ असार।रौतहटको मौलापुरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन्। मृत बालिकाको लास […]

जनकपुरधाम, १६ असार। धनुषाको एक पालिकाले पोखरीमा निर्माण गरिरहेको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको छ । जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ मा निर्माणाधीन पोखरीको पर्खाल निर्माण सम्पन्न नहुदै भत्किएको हो । जनकनन्दिनी गाउँपालिकाले उपाध्यक्ष कमला सहगललाई दिएको योजनाको ठेक्का उपाध्यक्ष सहगलले आफ्नो भतिजा नीरज सहगललाई दिएका थिए । जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा […]

काठमाडौं ,१६ असार । मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात मुद्दामा पक्राउ पुर्जी जारी भई जोशीलाई सप्तरी प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई प्रबन्धक जोशीलाई तीन दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले बुधबार […]

मुम्बई,१६ असार।भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ । महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस गए राति दुर्घटनामा परेको हो । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा भीषण आगो लागेको थियो […]

पोखरा ,१५ असार।पोखरामा भेला भएका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राखेका छन् । आज शुक्रवार भएकाे अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझापत्र प्रधानमन्त्रीलाई बुझाइएकाे हाे । उनीहरूले तत्काल प्रहरी समायोजन हुनुपर्ने मागलाई पहिलो बुँदामा नै उल्लेख गरेका छन् । त्यसैगरी सङ्घीय निजामती ऐनलगायतका कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालयहरू रहेका भवन, भवन […]