०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी दर्ता हुँदै

महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार ७३४ उजुरी दर्ता भएका छन् ।सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय […]

महोत्तरी । महोत्तरी प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]

रौतहट ,९ जेष्ठ। रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ । सहमतिपछि पीडित भनिएका पक्षले विराेध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए । […]

काठमाडौं,९ जेष्ठ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.सिके राउतले सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताए। उनले नीति तथा कार्यक्रममा जम्मा तीनपटक मात्रै संघीयता उल्लेख गरेको भन्दै […]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका -९ स्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या दाइजोको निहुँमा भएको आरोप लागेको छ । आईतवार बेलुका २२ वर्षीया आरतीको साहको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलाई तत्कालै काब्या अस्पताल लगियो । तर अस्पतालले उनको मृत्यू भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्याइयो । आरतीको शवको अहिले […]

जकपुरधाम,९ जेष्ठ । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ । भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् । आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको […]

जनकपुरधाम,८ जेष्ठ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको नगदसहित एक भारतीय पक्राउ परेका छन् । भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २० लाख रूपैयाँ बरामद गरेको हो । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

काठमाडौं,८ जेष्ठ ।  जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ गते हुने भएको छ । पार्टीको विभिन्न विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाइएको पार्टीले जनाएको छ । काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा विहान ७ बजेदेखि बैठक राखिएको पार्टीकी सचिव अनिता साहद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । स्थानीय तथा प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचन पछि पार्टीको केन्द्रीय […]