०७ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाज

कृषिविज्ञ डा. सत्यनारायणको १३ औं पुण्यतिथिमा श्रद्धाञ्जली !

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठिपुरस्थित रहेको मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. सत्यनारायण यादव भदिसवारको १३ औं दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। शुक्रबार मंगलेश्वर महादेव मन्दिरको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभामा सिंगो हठ्ठिपुरका महिला पुरुष बालबालिका बृद्धसहितले डा. भदिसवारको फोटोमाथि फूल अबिर चढाई श्रद्धाञ्जली अर्पण गरे । सोही क्रममा उहाँको श्रीमती र […]

जनकपुरधाम ।धनुषाको पूर्वी जनकनन्दिनी गाउँपालिकामा “बालविवाह न्यूनीकरण परियोजना”को समीक्षा बैठक सम्पन्न भएको छ। बुधबार आसमान नेपालका आयोजनामा खजुरीस्थित स्वास्थ्य चौकीको सभाहलमा बाबविवाह न्यूनीकरण परियोजना अन्तर्गत कार्यक्रम समीक्षा बैठकमा प्लान इन्टरनेसनल नेपालको सहयोगमा भएको कार्यक्रमको जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सम्पन्न भएका हुन। सो समीक्षा बैठकमा यस पालिकामा बालविवाह न्यूनीकरणको विषयमा गहन छ्लफल भएको थियो।उक्त कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाका […]

जनकपुधाम । धनुषामा एकजनाले आफूमाथी अनौठो किसिमको मिटर ब्याजीको उजुरी परेको दाबी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का रामबाबु साहले आफूसँग कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहे पनि आफूमाथी मिटरब्याजीको उजुरी परेको आरोप लगाएका हुन् । साहले आफूमाथी जनकपुरधाम उपमहानगरपालिका–१८ की सावित्री गिरीले मिटरब्याजीको उजुरी दिएको आरोप लगाएका छन् । उनले गिरीसँग २०६५ भदौ ५ […]

जनकपुरधाम । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन्। माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पुर्‍याउन कुम्भकारलाई भ्याईनभ्याई छ। तराई-मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ। दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका-४ हरैया टोलका अधिकांश कुम्भकारको […]

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो। बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको […]

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए। […]

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]

जनकपुरधाम ।मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो । शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर […]