न्यूजमधेश सम्बादाता जनकपुरधाम,१६ चैत्र। जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालले कोरोना संक्रमित फैलिन नदिन फिबर क्लिनिक संचालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्न नदिन अस्पतालले आईतबारदेखि फिबर क्लिनिक संचालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए । […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ चैत्र।धनुषा सबैला नगरपालिका वडा नं.७ स्थित मटही टोलबासीले कोराना भाइरस संक्रमण रोकथाम गर्न प्रवेश निषेध गरेका छन । शुक्रबार बिहानदेखी स्थानीय युवाहरुले टोल प्रबेश बाटोमा नयाँ व्यक्त्तिलाई प्रबेश निषेध लेखेको सूचना झुण्डयाएर बाँसको तगारो तेरस्याएर नयाँ मानिशहरुलाई टोल प्रबेशमा रोक लगाएका हुन । कोरोना भाइरसको संक्रमण फैलाउन नयाँ मानिशहरु शंकास्पद हुने भएकोले […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ चैत्र । प्रदेश २ सरकार कोरोनाबिरुद्व लड्न तम्त्यार रहेको जनाइसकेको छ । यसका निम्ति बजेटहरु पनि छुट्टयाइसकेको छ । तर, प्रदेशमा हालसम्म यसको तयारी राम्रो बन्न सकेको छैन् । खासगरी कोरोनाबिरुद्वका उपकरण र उपचारस्थलहरु अहिले पनि प्रभावकारी देखिन सकेको छैन् । कोराना संक्रमितका लागि बीरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी […]
न्यूजमधेश सम्बादाता काठमाण्डौ ,१४ चैत्र। कोराना भाइरस (कोभिड–१९) को नेपालमा थप एक जनामा सङ्क्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका […]
न्यूजमधेश सम्बादाता काठमाडौं,१४ चैत्र ।हङकङमा कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएको थियो । कोरोना परीक्षणका लागि विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङमा पठाइएका ८ जनामा कोरोनाको संक्रमण नपाइएको हो । हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ चैत्र। कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएको तेस्रो दिनसम्म पनि सर्वसाधारणले त्यसको अवज्ञा गर्न छाडेका छैनन् । धनुषाबाट तेस्रो दिन पनि लक डाउनको अवज्ञा गर्ने ६६ जनालाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले लक डाउनको अवज्ञा गर्ने एक बस, २ अटो रिक्सा र २० मोटरसाइकलसहित ६६ […]
न्यूजमधेश सम्बादाता काठमाडौं,१३ चैत्र । निजी अस्पतालले कोरोना संक्रमितको विरामिलाई उपचार नगरेर कायरत प्रस्तुत गरेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताए । सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सबै निजीस्तरका स्वास्थ्य संस्थालेसमेत नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन् । पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्, ‘कोरोना भाइरसको बढ्दो […]