न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र । विशेष अदालतले ३ असार २०७२ मा धनुषाका तत्कालिन जिल्ला विकास समितिका सह लेखापाल जीबनाथ चौधरीलाई भ्रष्टाचारी ठहर गरे । भ्रष्टाचार गरेको ठहर गर्दै विगो बमोजिमको रकम रु ६ लाख ७५ हजार असुल गरी ४ महिना कैद सजाय गर्न अदालतले फैसला गरेको थियो । चौधरीले उक्त निर्णयबिरुद्व सर्वाेच्च अदालतमा पुनरावेदन गरेका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ भाद्र । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले सरकारले एमसीसी बारेमा सुझाब मांगेपछी हामि दिने बताउनु भएको छ । उनले भने , ‘ एमसीसी हाम्रो एजेण्डाभित्र पर्दैन् । हामीले उठाउनुपर्ने हजारौं एजेण्डा छन् । त्यस विषयमा त बोलिरहेकै छु ।’ अध्यक्ष डा. राउतले एमसीसी विषयमा हामीले बोलेर पनि केहि नहुने […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ भाद्र। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादव निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने सोच उनले बताएका छन् । दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन् […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र ।राजनीतिक परिवर्तनको आन्दोलनमा सहिद भएका परिवारलाई सरकारले ३ हजारको महिना दिने घोषणा गरेको छ । शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विभिन्न आन्दोलनमा शहिद भएकाको परिवारलाई जीवनवृत्ति बापत मासिक ३ हजार प्रदान गर्ने व्यवस्था गरेको उनले बताए । यस्तै मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग आज हुने भेटवार्तामा सत्ता साझेदार दलको समान धारणा बनाउन सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवासमा जारी छ । बुधबारदेखि सुरु भएको संसद्लाई प्रमुख विपक्षी दलले सहज ढङ्गले सञ्चालन गर्न नदिएको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ भाद्र । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुग्नुभयो । कतारबाट काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए । नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको […]
न्यूजमधेश डेस्क सिरहा ,२३ भाद्र । नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी […]