न्यूजमधेश डेस्क सिरहा,८ श्रावण । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ । नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट […]
न्यूजमधेश डेस्क महोत्तरी ,७ श्रावण । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन तोकिएको तालिकामा हुने बताउनुभएको छ । महोत्तरीको जलेश्वरमा आज महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र प्रजातान्त्रिक योद्धा स्वर्गिय महोश्वरप्रसाद सिंहको सालिक अनावरण गर्दै निधिले शासन सञ्चालनमा कांग्रेसका लागि लोकतन्त्रको कुनै विकल्प नहुने बताउनुभएको हो । नेपाली कांग्रेस महोत्तरीले आफ्नै कार्यालय प्रयोजनका लागि […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसकेको छ । आफू नियुक्त भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले चार जना मन्त्री मात्र नियुक्त गरेर सरकार सञ्चालन गरिरहनु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपालगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले […]
बाल बिक्रम कार्की रौतहट ,६ श्रावण । युवा संघ रौतहटको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै रौतहटमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा कडा सुरक्षामा राखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको नेता नेपालको घरको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीले कोटहीमाई गाउपालिकामा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ । मंगलबार जनमत पार्टीका कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुभाषचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले रिवन काटेर पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि […]