न्युजमधेस डेस्क जनकपुरधाम,५ साउन। जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । डाेटीका पालिकाले केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएकाे पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर […]
न्युजमधेस डेस्क महोत्तरी,५ साउन। दुई मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । महोत्तरीको गौशाला नगरपालिका-२ निगौल सडक खण्डमा बुधबार पेट्रोल पम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा अौरही नगरपालिका २ बस्ने २४ वर्षीय विवेक यादवको मृत्यु भएको प्रहरीले जनाएको […]
न्युजमधेस डेस्क काठमाडौ,५श्रावण। काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ […]
न्युजमधेस डेस्क जनकपुरधाम,५श्रावण। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । ‘सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने […]
न्युजमधेस डेस्क बाजुरा,४श्रावण। बाजुराको बडीमालिका नगरपालिका २ भौनेरामा बूढीगङ्गा नदीमा आएकाे बाढीले चार वटा घर बगाएकाे छ । मङ्गलवार राति परेकाे पानीका कारण बूढीगङ्गामा बाढी आउँदा चार वटा घर बगाएकाे नेपाल पत्रकार महासङ्घ बाजुराका सहसचिव गंगाराज पण्डितले जानकारी दिनुभएकाे छ । बाढीले खेत पनि बगाएकाे उहाँले बताउनुभयाे । क्षतिको बारेमा बुझ्न प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको […]
न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहित मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् । पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी […]
न्युजमधेस डेस्क कैलाली,४श्रावण। बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो । खोला, […]
न्युजमधेस डेस्क जनकपुरधाम,४ श्रावण। हाल देशभर सामान्य बदली भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपासमा अवस्थित हुँदा मौसममा बदली आएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार बुधबार बिहान देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन्। लुम्बिनी प्रदेशका केही स्थानमा भने […]