– रीता साह आरक्षणसम्बन्धी सर्वोच्च अदालतको हालैको एउटा फैसलाको पूर्णपाठले गम्भीर बहस निम्त्याएको छ । आरक्षण जातीय आधारमा नभई आवश्यकताका आधारमा दिनुपर्ने तर्क गर्दै अदालतले जातलाई आधार बनाउँदा आरक्षणको फाइदा निश्चित मान्छेले मात्र लिइरहने ठहर गरेको छ; साथै मानव विकास सूचकांकमा तल परेकालाई त्यसमा समेट्नुपर्ने भनेको छ । अदालतको पूर्णपाठले सीमान्तकृत समुदायबीच हलचल पैदा गराएको छ । यसलाई […]
चन्द्रकिशोर ( विचार ) जनमतमा चल्नु लोकतन्त्रको विशेषता हो । जनादेश र मतादेश दुवैबाट संघीयताको अनुमोदन भइसकेको छ । अर्थात्, आन्दोलनमार्फत एकात्मक राज्यको पुनःसंरचना गरी संघीय शासन प्रणालीमा रूपान्तरित गर्ने कार्यभार सम्पन्न भइसकेको छ । चालु संविधान निर्माण गर्दा जुन राजनीतिक मूल्य र संरचना आत्मसात् गरियो, त्यसलाई फेरि निर्वाचनमार्फत जनस्वीकृति दिइसकिएको छ । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नमा भएको चूकलाई […]
गोपाल ढकाल ( मनोविद ) बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले […]
सरोज खनाल लकडाउन ! लकडाउन !! लकडाउन !!! के लकडाउन कोरोना महामारीको समाधान हो तरु कदापी होइन। लकडाउन सबैले मान्ने हो भने कोरोना संक्रमित कम हुँदै जान्छन् तर कोरोना निर्मूल लकडाउनले मात्र हुनै सक्दैन। कोरोना महामारीको एकमात्र समाधान हो भ्याक्सिन (खोप)। कुनैपनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको जनता हो। ४० अर्ब खर्च गरेर चुनाव गर्न […]
शंकर तिवारी शुक्रबार अबेर मध्यरातमा गणतान्त्रिक संविधानउपर कोतपर्व मच्चाएर, त्यसको दुई दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरे। आफू नै सत्तामा बसेर, राष्ट्रपति विद्यादेवी भण्डारीको सत्ता जोगाउँदै नहुने चुनाव घोषणा गरेर, देशलाई संवैधानिक शून्यतामा पुर्याउँदै आफूले अकण्टक राज गर्ने उनको योजनामुताबिक काम अगाडि बढिरहेको सन्देश उनले आइतबार दिउँसोको पत्रकार सम्मेलनमा दिए। उता […]
बैद्यनाथ पासवान हिन्दु धर्मावलम्बीहरुको धार्मिक विधि संस्कृत भाषा हो । मानव निर्मित भाषा प्राकृतिक भाषा कसरी हुन सक्छ ? विभिन्न काल्पनिक कथाहरुको सिर्जना गर्ने खास उदेश्य थियो । संस्कृत भषामा लेखिएको कथा अनुसार भगवान विष्णुको नाभीबाट कमलको फूलबाट उत्पन्न भएको ब्रह्मदेवको कूल आयु सय वर्ष १७ लाख २८ हजार वर्ष, त्रेतायुग १२ लाख ९६ हजार […]
भोला पासवान ( विचार ) नेपालमा वि.सं. २००७ देखि हालसम्म धेरै परिवर्तन भए । विभिन्न कालखण्डमा भएका आन्दोलनले आमनागरिकको दैनिकी सहज बनाउनुपथ्र्यो तर त्यसो हुनसकेको छैन । दलित सीमान्तकृत, पछाडि परेको समुदायको आँखाबाट हेर्दा राज्य निरङ्कुश र असमावेशी छ । राज्य र नागरिकबीच अनुबन्धका लागि नागरिकता आवश्यक हुन्छ । दलितभित्र पनि मधेशी दलित छन् । […]
योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ । योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो । यसबाट के बुझिन्छ भने योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउनु नै योग हो । […]