०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

बारा २ मा उपेन्द्र यादवले आचारसंहिताको धज्जी उडाए ,निर्वाचन आयोगनै मौन

कलैया : जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ । जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ […]

कलैया : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा-२ मा को उपनिर्वाचनमा चुनावी मैदानमा छन्। उनको पार्टीबाट निर्वाचित भएका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा -२ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो। उक्त उपनिर्वाचनमा जसपा अध्यक्ष यादव चुनावी मैदानमा होमिएका छन्। एकपटक पराजित भएपछि पाँच वर्षसम्म पनि कुर्न नसक्‍ने यादव छोटो बाटोबाट सत्तामा […]

जनकपुरधाम : धनुषामा एक महिलामाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ सराबे टोलस्थित श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी अन्दाजी २५ बर्ष महिलाको सल तानेर अभद्र व्यहार गरेको आरोपमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको हो । शुक्रबार […]

कलैया : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको बताउँदै ‘बाहिरबाट चुनाव हारेर बारा आएका उम्मेदवारसंग हाम्रो प्रतिस्पर्धा हुनै सक्दैन’ उनले भने,’बारा-२ का जनताको अधिकारी उम्मेदवार आफू रहेको हो।’ बाहिरबाट आएका उम्मेदवारले […]

बारा । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आइतबार भएको थुनछेक बहस पछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो । पटेलमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ चैत। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष डा. राउतले यस्तो बताएका हुन्। जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र […]

न्यूजमधेश डेस्क सुनसरी ,१७ चैत ।सुनसरीमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। शुक्रबार जनमत पार्टीको जिल्ला पार्टी कार्यलय ईनरुवामा एक कार्यक्रममा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ता पार्टी प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा रामचन्द्र मेहता,लखिचन साह,सिताराम पोद्दार ,सुरेन्द्र कुमार मेहता र एयुब अंसारीलगाइत विभिन्न पार्टीका दर्जनौं नेताहरुलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष […]

राजबिराज,१६ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरीको भारदहमा नवनिर्मित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्नुभएको छ। रामनवमीको अवसरमा भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताउनु भएको छ । सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका अध्यक्ष डा .राउतले […]