११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

राष्ट्रपति भण्डारी र माधव नेपाललाई बालेनको प्रश्न– तीनकुनेको समस्या किन समाधान भएन?

न्यूजमधेश डेस्क काठमाडौं,१ असोज।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको तीनकुनेको समस्या किन समाधान नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रश्न गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले ५० वर्षदेखिको तीनकुनेको जग्गाको समस्याका सन्दर्भमा आफैंले किन समाधान नगरेको भन्दै राष्ट्रपति र नेपाललाई प्रश्न गरेका हुन्। […]

न्यूजमधेश डेस्क काठमाडौं,३१ भाद्र।स्वास्थ्य सेवा सुधारको माग राख्दै धनगढीमा आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन […]

न्यूजमधेश डेस्क नेपालगञ्ज ,३१ भाद्र। प्रहरीले ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका–४, एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई ४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। चौधरी भारतबाट पैदल आइरहेका थिए। प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउन सुगर फेला […]

न्यूजमधेश डेस्क काठमाडौँ ,३१ भाद्र।काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुझावमा जवाफ फर्काएका छन्। यसअघि सामाजिक सञ्जालमार्फत भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर्छ तर फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ भाद्र।धनुषाको सबैला नगरपालिकामा छोराले आफ्नै आमाको हत्या गरेको छ। सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ । उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको […]

न्यूजमधेश डेस्क राजविराज ,३० भाद्र। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको हो । वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडा अन्तर्गतका विद्यालय तथा बाल क्लबका १८ जना बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा बजरंगबली बाल क्लबका […]

न्यूजमधेश डेस्क काठमाडौं,३० भाद्र। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। आफू एमाले प्रवेश गर्न लागेको उनले पुष्टि गरे। अरगरियालाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज ८ गते अरगरियाको क्षेत्र धनुषा-२ जाने बताइएको छ। २०७४ को निर्वाचनमा अरगरिया धनुषा-२ बाट तत्कालीन […]

धनु विश्वकर्मा काठमाडौं,२९ भाद्र। सरकारले माइतीघर मण्डलामा बसेका मिटरब्याज पीडित किसानलाई सोमबार यता निरन्तर दमन गरेको छ। न्यायका लागि विभिन्न मागसहित उनीहरुको जारी आन्दोलन रोक्न राज्य नै उद्यत रहेको हिजोको कीर्तिपुर र आजको माइतीघर मण्डलाको दृष्य हेरे पुग्छ। नवलपरासीका पीडित किसान साउन १८ गतेदेखि निरन्तर धर्नामा छन्। सुदखोरले उनीहरुको उठीवास लगाएको छ। तम्सुक बन्धक बनाउने, […]