११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

धनुषामा चार लाखबढीको अवैध मालसमान बरामद

न्यूजमधेश डेस्क जनकपुरधाम,७ भाद्र।धनुषा जिल्लाको विभिन्न स्थानबाट ४ लाख ६५ हजार ९५० रुपियाँ मुल्यको अवैध खाद्यन्न तथा लत्ताकपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले सोमबार राती नगराइन नगरपालिका, विदेह नगरपालिका र धनौजी गाउँपालिकास्थित भारतीय सीमा नजिकबाट सो सामानहरु बरामद भएको बताए । भारतबाट भन्सार छलेर […]

न्यूजमधेश डेस्क सप्तरी,७ भाद्र । जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरी ल्याएको सामग्री नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको हो । प्रहरीले झडपलाई नियन्त्रणमा लिने क्रममा तीन राउण्ड हवाइ फायर गरेको छ । तस्करीको सामग्री लुकाएको आशंकामा मंगलबार दिउँसो प्रहरीले घर खानतलासी गर्न पुगेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ भाद्र । धनुषाको औरही गाउँपालिकास्थित हुलाकी राजमार्गमा एक पालिकाको गाडीले दिएको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । प्रदेश–२–०२ ००१ झ ००४२ नम्बरको विदेह नगरपालिकाको गाडीले ठक्कर दिँदा ज.१२प ८६६३ नम्बरको मोटरसाइकल चालक औरही गाउँपालिकाको पोखरभिरा निवासी २७ बर्षीय पुरन मण्डल घाइते भएका हुन् । गम्भीर घाइते भएका मण्डललाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ भाद्र।माओवादी केन्द्रका युवा नेता बिनोद यादव जनमत पार्टीमा प्रवेश गरेका छ्न। सोमबार माओवादी केन्द्र परित्याग गर्दै नेता यादव जनकपुरधामस्थित पार्टीका केन्द्रिय सचिवालयमा पुगेर पार्टी प्रवेश गरेका हुन।उनी सिरहा जिल्लाको सुखिपुर नगरपालिका -६ निवासी हुन। नेता यादवलाई जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले दोसल्ला ओढाएर जनमत पार्टीमा स्वागत गरे । नेता यादव […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ भाद्र। जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् । पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् । ‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ भाद्र। आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ भाद्र।‘कुनै समयमा सिरहा जिल्लाकै सबैभन्दा ठूलो जमिन्दार भनिने सम्भ्रान्त परिवारका सदस्य प्रदीप गिरिले गाउँकै कथित पानी नचल्ने खट्टर चमारको छोरालाई पाँच दशकअघि नै भान्से राख्नुभएको थियो । यो काम छूवाछुत विरुद्धको कुनै सर्वोच्च अन्तर्राष्ट्रिय सम्मेलनमा भाषण गर्नुभन्दा हजारौँ गुणा बढी प्रभावकारी थियो,’ प्राज्ञ धीरेन्द्र प्रेमर्षी यही एक उदाहरण प्रदीप गिरिलाई बुझ्न […]

सुरेन्द्रकुमार कामती सिरहा,५ भाद्र। नेपाली कांग्रेसका नेता एवं सिराहा क्षेत्र नम्बर १ का सांसद प्रदीप गिरिको निधनमा सिराहाको बस्तीपुर र गोविन्दपुर गाउँ शोकमा डुबेको छ। आफ्ना अभिभावक नेता गुमाउँदा लहान नगरपालिका वडा नं १४ र २४ का गाउँवासी शोकमा डुबेका छन्। ‘गाउँमा सन्नाटा छाएको छ,’ गोविन्दपुरकी ७४ वर्षीया मीरादेवी ठाकुरले भनिन्, ‘हामीले मुख हेर्न पनि […]