११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता

न्यूजमधेश डेस्क काठमाडौं, २२ श्रावण । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन परियोजनका लागि जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको हो । निर्वाचन आयोगले निर्वाचन परियोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको […]

न्यूजमधेश डेस्क काठमाडौं, २२ श्रावण । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ । मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका शक्तिहहरु एकजुट भएर चुनावमा गए मात्रै प्रदेश र संघीय सदनमा मधेशीको प्रभावकारी प्रतिनिधि हुनेछ । अन्यथा वि.सं. २०७० […]

न्युजमधेस डेस्क सुनसरी,२२ साउन। सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ । आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले […]

न्यूजमधेश डेस्क उदयपुर,२१ श्रावण । उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् । नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । […]

न्यूजमधेश डेस्क सप्तरी,२१ श्रावण । सप्तकोशी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० श्रावण । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको र उपप्रमुखमा समेत निर्वाचित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी भएको उजुरीमा उल्लेख छ […]

न्यूजमधेश डेस्क कांठमाडौं,२० श्रावण ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्। अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी महासचिव चन्दन सिंहले जानकारी दिए। सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ। गत स्थानीय चुनावमा यो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ श्रावण। डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजिनामा माग गरेका हुन्। ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार […]