११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

न्यूजमधेश डेस्क चितवन ,१० श्रावण। चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ श्रावण । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ । सोमबार दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट रकम लुटिएको प्रहरीले जनाएको हो । वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले यादवको रकम लुटेको प्रहरीको भनाइ […]

न्युजमधेस डेस्क जनकपुरधाम,९ साउन। धनुषा जिल्लाकाे जनकपुरधाममा बैंकबाट पैसा निकालेर घर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ बिच बाटोमै लुटिएको छ । अज्ञात समूहले सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी शर्मिला यादवको साथबाट रकम लुटेको हो । वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले […]

न्यूजमधेश डेस्क काठमाडौं,९ श्रावण। काठमाडौंमा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ श्रावण । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईनले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका […]

न्यूजमधेश डेस्क सर्लाही ,८ श्रावण । सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पासवानको साथबाट रु ५० […]

सुनिता बराल महोत्तरी ,६ श्रावण । महोत्तरीको रातु नदीमा मध्यरातमा अवैध उत्खनन् गर्ने दुई वटा सवारीसहित दुई चालक र एक सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउन ५ गते राति १२ बजे खोला उत्खननमा प्रयोग गरिएको ८ ख ४७३७ नम्बरको टिपर र अन टेस्ट लोडरसहित दुई चालक र एक जना सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,६ श्रावण । करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय […]