११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

करारका कर्मचारी हटाउने बलान बिहुल गाउँपालिकाको निर्णय

न्यूजमधेश डेस्क सप्तरी ,२९ असार।सप्तरीको बलाल बिहुल गाउँपालिकाले साउन १ गतेदेखि करारका कर्मचारीहरुको करार अवधि नथप्ने निर्णय गरेको छ। असार ६ गते बसेको कार्यपालिका बैठकबाट करारका कर्मचारीहरुलाई साउन १ गतेबाट करार अवधी नथप्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले जानकारी दिए । शिक्षक तथा विद्यालय कर्मचारी र गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको म्याद अर्को सूचना […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–७८ को महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष दंगालले पेश गरेका […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार। काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाएका छन् । सुरक्षाकर्मी, स्थानीय तहका दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेनाका चण्डीदल गणबाट खटिएको फायर फाईटीङ्ग टोली, […]

न्युजमधेस डेस्क काठमाडौ, २९असार। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन् । सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए । बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२९ असार।जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ । बुधबार दिउँसो वीरगन्जमा नेता यादवले बैठक उद्घाटन गरेका हुन् । विभाजनको तयारीमा रहेको जसपाका दुई प्रमुख नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला गर्दै आएका छन् । यसअघि बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । तपाईले माथि देख्नु भएको ब्रह्माण्डको पहिलो रंगीन छवि नासाको जेम्स वेब टेलिस्कोपबाट लिइएको हो। चम्किलो ग्यालेक्सीहरूले भरिएको ब्रह्माण्डको सबै पहिले जारी गरिएका तस्बिरहरूमध्ये यो सबैभन्दा स्पष्ट तस्वीर हो। यो उच्च रिजोल्युसन तस्वीर हामी सम्म पुग्न धेरै अरब वर्ष लाग्यो। यो तस्विर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मंगलबार ह्वाइट हाउसमा ब्रीफिंगको क्रममा […]

न्युजमधेस डेस्क जनकपुरधाम,२९असार। कतिपय विद्यार्थीहरु यसै दिन आफ्ना आदरणीय गुरुहरुलाई फूलमाला टीका लगाई गुरुबाट आर्शिवाद लिने गर्दछन् भने कतिपय टाढा भएकाहरु विभिन्न मास मिडिया मार्फत आफ्ना गुरुहरुलाई सम्झने गर्दछन् ।    मानव जीवन निकै संघर्षपूर्ण छ । मानिसको जन्म क्रमदेखि मृत्युको काखमा नपुगेसम्म हर पाइलामा जो कोहीले पनि अनगिन्ती संघर्षका पहाडहरू चढेको हुन्छ । जीवनका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९असार । अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाएका हुन्। यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएकी हुन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरुलाई […]