१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रमुख समाचार

जनकनन्दिनीमा १० लाखको लागतमा हेलिप्याडको निर्माण हुने

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार। धनुषाको जनकनन्दिनी गाउँपालिकामा हेलिप्याडको निर्माण हुने भएको छ ।गाउँपालिकामा हुने विपद् व्यवस्थापनका निम्ति यो हेलिप्याडको निर्माण गरिने भएको हो । शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दिपिनदेव यादवे हेलिप्याडको शिलान्यास गरेका छन् ।गाउँपालिकाको वडा नम्बर ५ स्थि तबनरझुल्लामा अध्यक्ष यादवले हेलिप्याडको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा नरेश कुमार यादव, इन्द्र […]

अनमोल कार्की रौतहट ,१८ असार। रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको श्री माध्यमिक विद्यालय धनारीका शिक्षकहरुले विद्यालयमै मदिरा पार्टीको आयोजना गरेका छन् । असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज गरेका थिए । विद्यालयको प्रशासनिक कोठामा भएको सो भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको भिडियो स्थानीय युवाहरुले खिचेर सामाजिक सञ्जालमा अपलोड […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार।धनुषाको शहिदनगर नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार शहिदनगर नगरपालिका ५ बिर्ता कट्टिस्थित रहेको बगेश्वरी मन्दिरको पोखरीमा डुबेर मृत्युु भएका हुन। मृत्यु हुने व्यक्तिको नाम र ठेगाना खुलेको छैन। मृत्यु हुने व्यक्तिको मानसिक संतुलन बिग्रेको रहेको स्थानीयले बताए।सो व्यक्त कहाँको छ भने अहिले खुलेको छैन। उक्त घटनाको मुचुल्का ईलाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार। मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु भएको छैन । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्‍नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्‍यता रहेको बताएका छन् […]

न्यूजमधेश डेस्क लहान,१७ असार । सिरहाको औरही गाउपालिका‌ले अस्पतालमा चर्को स्वरमा डिजे बजाएर गाउँसभा गर्न लागेको छ । गाउपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा अस्पतालमा गाउसभा हुन लागेको हो । अस्पताल शान्ति क्षेत्र हो । अस्पताल क्षेत्रमा ठुलो स्वरमा डिजे बजाउन पाइदैन् । तर अध्यक्ष शिवजी यादवले विरामीलाई समस्यामा पर्नेगरी डिजेको तामझाममा गाउसभा गर्न लागेका हुन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ असार।धनुषाको एक विद्यालयमा अभिभावक भेला गराएका प्रधानाध्यापकमाथि गैर अभिभावकको एक समुहले दुव्र्यवहार गर्दै कालोमोसो गरेपछि अहिले उनी न्यायका लागि अघि बढेका छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई गैर अभिभावकको एक समूहले कालोमोसो गरी दुव्र्यवहार समेत गरेका थिए । उनले जिल्ला प्रशासन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार । मतदाता सूचीमा महिला, दलित र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न माग गरिएको छ । दलित सरोकार मञ्च नेपाल सप्तरी र राष्ट्रिय दलित पत्रकार संघ धनुषाले मंगलबार जनकपुरधाममा सरोकारबालासँग अन्तरकृया कार्यक्रमको आयोजना गरी उक्त माग गरिएको छ । कार्यक्रममा मधेस प्रदेशमा दलित वर्गलाई निर्वाचनमा सहभागि गराउन तथा मतदाता नामावली संकलन गर्न […]

न्यूजमधेश डेस्क सप्तरी,१४ असार । अहिलेको शिक्षालाई प्रविधि संग नजोडे सिकाउने प्रक्रियामा नवीनतम आयामहरु थपिन नसकिने बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताएका छन्। प्रविधिको प्रयोगले आजको विधार्थीले भोलि गएर आफ्नो अस्तित्व स्थापित गर्न र युगानुकूल ज्ञानको संसारमा छुट्टै पहिचान बनाउन सक्ने अध्यक्ष यादवले जिकिर गरे । बलान बिहुल- ६ सेहरा- रौतहटमा अवस्थित जा.गा.ज.मा.वि ले […]