१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

प्रमुख समाचार

उम्मेदबार छोरा कमजोर देखिएपछि उपेन्द्रलाई चिन्ताको भारी

न्यूजमधेश डेस्क विराटनगर ,२३ बैशाख। सत्तारुढ गठबन्धनले तय गरेका उम्मेदबारहरु संकटको अवस्थामा पुगेका छन् । नेताहरुले आफ्नै रगतका साइनोलाई उम्मेदबार बनाएपछि मतदाताले उनीहरुलाई मत नदिने मनसायमा पुगेका छन् । पछिल्लो पटक गठबन्धनले बनाएका उम्मेदबारहरु नेताकै रगतको साइनोका छन् । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै छोरीलाई मेयरको र जनता समाजवादी […]

न्यूजमधेश डेस्क सर्लाही,२३ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। मुलुककै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ बैशाख । धनुषामा एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि आक्रमण भएको छ । कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो । घरमा सुतिरहेको […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ बैशाख । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू लाखौं रुपैयाँ चन्दा उठाएर, ऋण लिएर खर्च व्यवस्थापन गर्छन् । उम्मेदवारले गाउँपालिकामा ३ लाख ५० हजार मात्रै खर्चिन […]

न्यूजमधेश डेस्क जाकपुरधाम,२१ बैशाख ।यतिबेला मुलुकमा स्थानीय तह निर्वाचनको माहौल तातेको छ । अधिकारसम्पन्न स्थानीय तहको अभ्यास सुरु भएसँगै पढेलेखेका युवा पनि आफ्नो गाउँ र नगर विकासका लागि राजनीतिमा होमिएका छन् । रौतहटको वौद्धीमाई नगरपालिकामा जनमत पार्टीबाट मेयरको उम्मेदवार बनेका छन्, डा. सुबन्तकुमार कुशवाहा ।रौतहटको वौद्धीमाई—४ बकुंलका स्थानीय वासिन्दा उनी गाउँमै माँ जानकी अस्पताल सञ्चालन […]

न्यूजमधेश डेस्क सप्तरी,२१ बैशाख । सप्तरीका उम्मेदबारहरुले निर्वाचन आचारसंहितको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेको छ । उम्मेदबारहरुले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरुमा दलको झण्डा, निर्वाचन चिन्हअंकित तुल, फ्ल्याक्स बोर्डहरु टाँसेर तथा झुण्डयाएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २१ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीले आफु कार्यकाल सम्हाले लगतै ल्याण्ड फिल्ड साइट निमार्ण गर्ने तर्फ अग्रसर हुने वताएका छन । बुधवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २१ स्थित कुर्थामा घरदैलो अभियान संचालनको क्रममा कुर्थावासीसंग प्रत्यक्ष कुराकानी गर्दै मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधाममा फोहर व्यवस्थापन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ बैशाख।धनुषाको कमला नगरपालिका ४ सघारामा एक जेनरल स्टोर्समा आगजनी हुदा तिन लाख बढीको क्षति भएको छ । राइन जेनरल स्टोर्समा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएकाले तिन लाखको क्षति भएको राइन जेनरल स्टोर्सका संचालक इसराफिल राइनले बताए । विद्युत् चुहिएर आगलागी भएको आशंका गरिएको […]