०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

बकर इद मनाइँदै : सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतालेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आईतबार आयोजित समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितीमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ लगत्तै महतोले पदबहाली गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार […]

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाईहरूले २७ लाख रुपैयाँ भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान बरामद गरेको छ। जेठ १ गते देखि बिहीबार ३१ गतेसम्म जिल्लाको विभिन्न नाकाबाट तस्करहरूले भन्सार छलेर भित्र्याएको उक्त सामान बरामद गरेको हो। १४ लाख ३७ हजार,४९२ रुपैयाँको लता कपडा,८ लाख ५५८८ बराबरको खाद्यान्न, नगद स्रोत नखुलेको ४ […]

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कूल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार (३६.४५ प्रतिशत) तथा पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अब प्रदेशबाबी संघीयताको महसुस गर्ने बताएका छन् । शुक्रबार मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर नेपाल मधेशी निजामती कर्मचारी मंचका केन्द्रीय अध्यक्ष भुवनेश्वर चौधरीसहित पदाधिकारीहरु मधेश प्रदेशका मुख्यमन्त्री सिंहले मंचको तर्फबाट बधाई तथा सफल कार्यकाल शुभकामना व्यक्त गरेका हुन् । त्यसपछि मुख्यमन्त्री सिंहले मंचका पदाधिकारीहरुसंग छलफल गर्दै उनले […]

कलैया । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ। क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसोअज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए। गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको छ।चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको बताएको […]

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपश्चात् अध्यक्ष डा राउतले गणतन्त्रपछिको उपलब्धिलाई राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गर्नुभयो । “गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको […]

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज शनिबार अगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न लागेको छ । मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले प्रदेश सभाको बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप मधेश सरकारले […]