न्यूजमधेश डेस्क नेपालगन्ज, २६ पुष ।नेपाल सरकारका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटिएका छन। मन्त्री यादवले सोमबार एक फ्याक्ट्रीको उद्घाटन गर्न बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् । गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए । किसान […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ पुष । उखु किसान सम्बद्ध राष्ट्रिय कृषि श्रमिक संघ नेपालले सरकारले तोकेको मूल्यप्रति असन्तुष्ट जनाएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको थियो । तोकिएको मूल्य आफूहरुको हितमा नभई उद्योगीको पक्षमा रहेको किसानको आरोप छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ […]
रुपेन्द्र पटेल रौतहट ,२० पुष। किसानको मागलाई लिएर जनमत पार्टीले मंगलवार रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रम जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिकको नेतृत्वमा सो पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न नारा बाजी गर्दै गौर नगरमा परिक्रमा गर्दै वीपी चोकमा पुगेर कोण सभामा परिणत गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै केन्दीय सदस्य […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ पुष । किसान आन्दोलनलाई उल्लंघन गरेको भन्दै धनुषाको पूर्व-पश्चिम राजमार्गमा आन्दोलनकारीहरुले ट्रकमा आगो लगाएको छ । आज दिउँसो करिब ३:२० बजे गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा किसान आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले आगो लगाएका हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको छ। आगजनीबाट ट्रक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ पुष । जातिय राजनितिलाई आधार बनाएर देशको विभिन्न कालखण्डामा युद्धको अवस्था सिर्जना गरी सत्ताको उँचाईमा पुगेका जनता समाजवादी पार्टीका (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पुनः एकपटक दलितहरुको नाममा देशलाई अराजकतातर्फ लैजाले वक्तव्य दिएका छन् । वर्ग व्यवस्थाले देशमा विभेद बढाएको भन्दै दलितहरुकोलागी आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यादवले पुनः एकपटक देशमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ पुष ।किसान आन्दोलनको क्रममा धनुषाको पौरताहामा प्रहरीले गोलि चएकाको छ। प्रहरीको गोलिबाट ५ जना आन्दोलनकारी घाइते भएका छन।भने २ जनाको अवस्था गम्भीर रहेको छ। गोलि लाग्नेहरुमा संजय साह,बिजय यादव,रामदियाल मण्डल ,नथुनी यादव र बैजनाथ साह रहेको छ। उनिहरुलाई गोदार स्थित रहेको अस्पतालमा उपचारको लागि लगिएको आन्दोलनहरुले बताएको छ।
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ पुस। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित ९ जना नेता कार्यकर्ताहरु रिहा भएका छ्न। शुक्रबार किसान आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरबाट जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बशन्त कुशवाहासहित ९ जना पक्राउ परेका थिए। पक्राउ परेका जनमतका नेता कार्यकर्ताहरु हिरासत मुक्त भएका जनमत पार्टीले जनाएको छ। […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ पुष । पूर्वी धनुषाको कमला नगरपालिकामा किसानहरुले तालाबन्दी गरेका छ्न । बिहिवार दिउँसो कमला नगरपालिकाको विभिन्न वडाबाट आएका किसानहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । उनीहरुले समयमा मलखाद्य उपलब्ध गर,फसलको उचित मुल्य कायम गर,सिचाइको व्यवस्था गर्नुपर्नेलगाईतका मागहरु राख्दै नगरपालिकाको मुख्यद्वारामा तालाबन्दी गरिएको छ । किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै […]