१६ कार्तिक २०८१, शनिबार
02-11-2024 , Sat
×

प्रमुख समाचार

कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएको दोस्रो दिनमा नै गच्छदार अदालतमा हाजिर

न्यूजमधेश डेस्क काठमाडौं ,३० असार ।नेपाली काग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणको भ्रष्टाचारको मुद्दा लागेका गच्छदार आज अदालतमा हाजिर भएका हुन्। यसअघि कागजी रूपमा फरार रहेका गच्छेदार बुधबार अदालतमा हाजिर भएका हुन्। आजबाट अदालतमा उनको प्रारम्भिक बयान हुनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ । यसअघि अदालतले […]

न्यूजमधेश डेस्क काठमाडौं,३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईदुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्। देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध पाँच विद्यार्थी संगठनले भोलि (असार ३० गते) देखि देशभरका पेट्रोल पम्प तथा ढुवानीका ट्यांकरहरू बन्द गर्ने घोषणा गरेका छन्। यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए। त्यसो नभएपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले आन्दोलनकै कार्यक्रम अन्तर्गत पेट्रोल […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । नेकपा एमालेले सर्वोच्च अदालतको आदेश लोकतन्त्रका आधारभूत संरचनालाई खलबल्याउने किसिमको भएको निष्कर्ष निकालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आएपछि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो। प्रवक्ता प्रदीप ज्ञवालीले आदेश राज्यका तीनवटै अंगहरूबीच सन्तुलन र समन्वयको स्थितिलाई बिथोल्ने किसिमको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हँुदै हुनुहुन्छ । उहाँले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । सरकारले दुई जना सहसचिवको सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनतर्फ खगेन्द्र प्रसाद नेपाल र प्राविधिकतर्फ राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार साँझ सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ एक नम्बरमा गोपालप्रसाद सिग्देल, […]