०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

मधेश प्रदेश सरकारबाट आज बाहिरिँदै माओवादी !

जनकपुरधाम । सत्तारुढ दल नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री छन् । सरकारबाट बाहिरिएलगत्तै सो पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउने तयारी गरेको छ । पार्टीको संसदीय दलका नेता […]

सर्लाही। सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीन वटा पक्की, एक सय ५८ वटा कच्ची गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहमाथि बलात्कार मुद्दा दर्ता भएको छ । उनी अहिले ‘फरार’ छन् । ०८० चैत्र ३० मा उपसचिव साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएकी थिइन् । स्रोतका अनुसार ०८१ वैशाख ३ मा जाहेरी दर्ता भएको हो । साह ०८० वैशाख […]

जनकपुरधाम । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ । हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ । भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस […]

जनकपुरधाम । गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवनको जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । राजविराज नगरपालिका-२ मा निर्माण गर्न लागिएको सो भवन तथा संग्रहालयको मधेश प्रदेस सभा सदस्यसमेत रहेका यादवले शुक्रबार शिलान्यास गरेका हुन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आफ्नो […]

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ। संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्। उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको […]

सिरहा । जिल्ला ट्राफिक, कार्यालय लहान र यातायात व्यवस्था कार्यालय, लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स) खरिद बिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्सका लागि ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। ट्राफिक प्रहरी वा […]

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको हो । राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरेका हुन् । उनले केन्द्र […]